२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होटलका कामदार मृत फेला, हत्या गरिएको आरोप

२०८०, १४ चैत्र बुधबार ०७:५८

चैत १४, रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलका कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । चन्द्रपुर नगरपालिका– ५ स्थित मुस्कान होटलमा काम गर्दै आएका वडा ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरे झुन्डिएको अवस्थामा होटलमै मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी गौरव महतले मृतकको शव परिवारको सहमतिमा पोस्टमार्टमको लागि काठमाडौँ पठाइएको जानकारी दिएका छन्।  उनले पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने बताए।

पीडित परिवारले भने उनको हत्या गरिएको आरोप लगाएको छ। होटल धनीले ४ महिनाको तलब नदिएको भन्दै मृतक घिमिरेले सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए । मंगलबार होटलभित्रै झुन्डिएको अवस्था फेला पर्नु शङ्कास्पद रहेको पीडित परिवारको दाबी छ। 

घिमिरेको परिवारले होटल धनी गुजरा नगरपालिका ९ अम्तावा गाउँका हबीब मियाँ अन्सारीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिएपछि उनी फरार भएका छन् ।  फरार अन्सारीको खोजी तथा घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना