चैत १७, काठमाडौँ | आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेट गुमाएको छ । देव खनाल ४७ रन बनाएर आउट भएका हुन् ।
उनले २५ बलमा ७ चौका प्रहार गरे । यस अघि दोस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारी २६ रन बनाएर आउट भएका थिए ।
उनले १३ बलमा १ चौका र ३ छक्का हिर्काए । नेपालले ८.४ ओभरमा ३ विकेटको क्षतिमा ११० रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।