२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गुजरातविरुद्ध पहिलो खेलमा नेपाल ८ विकेटले विजयी

२०८०, १८ चैत्र आईतवार १२:०९

चैत १८, काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरातबीच आइतबार भइरहेको खेलमा नेपालका ब्याट्सम्यान रोहित पौडेलले २५ बलमा २९ रन र अनिल साहाले ३५ बलमा ३२ रन बनाए। यसैगरी कुशल भुर्तेलले १५ बलमा १७ रन र आशिफ सेख १५ बलमा १६ रन बनाए।

नेपालले १५ २ ओभरको समाप्तीमा ८ विकेटले गेम जितेको हो। गुजरातका बलर हेमाङ पटेल र तेजस पटेलले एक/एक विकेट लिए।

एसएमएस फ्रेन्डसिप कपको आइतबार भइरहेको खेलको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। नेपालले ६ ओभरमा ३४ रन बनाएको छ।

पहिलो इनिङमा गुजरातले खेल जित्नका लागि नेपाललाई ९९ रनको लक्ष्य दिएको छ। आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाएका थिए।

गुजरातले १८.२ ओभरको खेलमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। गुजरातका लागि रुद्ध पटेलले सर्वाधिक २२ बलमा २३ रन बनाए। हेमंग पटेलले २३ रनमा २० रनको योगदान दिए। बाँकी बलरले उत्कृष्ट ब्याटिङ गर्न सकेनन्।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए। करन केसीले ३ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले