२९ फाल्गुन २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विपद् व्यवस्थापन स्वयंसेवकलाई प्रथम उद्धारकर्ता प्रशिक्षण

२० चैत्र २०८०, मंगलवार ०२:५६

चैत २०, भक्तपुर | चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका विपद् व्यवस्थापन स्वयंसेवकहरुको लागि चैत्र ४ गते देखि १४ गतेसम्म विभिन्न ३ समुहमा सञ्चालित प्रशिक्षणका सहभागिहरुलाई एक कार्यक्रमका बीच चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले प्रमाणपत्र तथा टिसर्ट वितरण गरे । 

समापन कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्धेश्यका साथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको बताए । उनले विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्ने भनेको समुदायका मानिसहरुनै हुने भएकाले समुदायका मानिसहरुलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र शीप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण संचालन गरेको बताए । 

आधारभूत प्रशिक्षण लिएर कार्य गर्ने स्वयंसेवकमध्येबाट छनौट गरी कम्तीमा २५ जनालाई सशस्त्र प्रहरी बलसँगको सहकार्यमा अग्रवर्ती प्रशिक्षणमा सहभागी गराइने जानकारी पनि नगर प्रमुखले दिए । नगर प्रमुख खत्रीले विपद्को अवस्थामा खटिने स्वयंसेवहरुको लागि नगपालिकाले निःशुल्क विमा गर्नुका साथै न्यूनतम सुविधा उपलब्ध गराउने जानकारी पनि गराए । 

तीन समुहमा तीन दिनका दरले ९ दिनसम्म नगरपालिकाको तालिम हल हेल्मेट डाँडामा संचालन गरेकोे प्रशिक्षणमा ३० महिला र ५१ पुरुष गरी ८१ जनाको सहभागिता रहेको प्रशिक्षणको संयोजक चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले बताए ।  सैद्धान्तिक र प्रयोगात्मक शीपको समेत अभ्यास गरिएको प्रशिक्षणमा प्रशिक्षकहरु शिबराम गौतम, राजुमार लम्साल, ऋषि खड्का, दिवाकर पौडेल, कविता बुढाथोकी लगायतले सहजिकरण गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’   न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित ‘होस्टेल ३’ले अहिलेसम्म कति कमायो ? अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी (नामावली) सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य विरलै युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ? चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक हेर्नुहोस्, आज कतिमा भइरहेको छ सुनचाँदी कारोबार ? नाउपा र जनमतबीच एकता प्रक्रिया अन्तिम चरणमा, दुई जना अध्यक्षसहित चैत ९ गते घोषणा हुने धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री अ‍ोलीले पाए सफाइ होली हर्ष र उमङ्गको क्रीडापर्व हो : प्रधानमन्त्री ओली वुमन्स डे कप : आज नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्छ : अध्यक्ष प्रचण्ड आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर आज यस्तो रहने छ देशभरको मौसम ! क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ, को कुन ग्रेडमा?