८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति लाखौं रकम ठगेर फरार

६ कार्तिक २०७३, शनिबार ०९:५१

कात्तिक ६, नवलपरासी ।  कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् ।  चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको पीडितले गुनासो गरेका छन् । 


कावासोती, नवलपुर पम्प अगाडिको एक भवनमा जडिबुटी सङ्कलनका लागि उनले घर भाडामा लिएका थिए । कम्पनीका लागि चौकीदारसमेत नियुक्त गरेका उनी बुधबार एकाएक हराएपछि आफूहरु ठगिएको भन्दै पीडितले प्रहरीलाई जानकारी गराएका थिए । 


जागिर लगाइदिने र सापटी भन्दै उनले १५ जनासँग रु १० हजारदेखि रु दुई लाखसम्मको रकम उठाइसकेका थिए । उनले होटलमा खाना खाएको, मोबाइल र फर्निचरलगायत विभिन्न सामान किनेको रकमको भुक्तानी बाँकी रहेको बताइएको छ । 


सञ्चारमाध्यमलाई विज्ञापन दिने भन्दै एभरेस्ट बैंकको चेकसहित सम्झौतासमेत गरेका उनी फरार भएका हुन् । पीडितले सम्झौतापत्रसहित मौखिक जानकारी प्रहरीलाई गराएकाले अनुसन्धान भइरहेको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता