२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मयंकले फाले आइपिएलको यस सिजनकै तिब्र बल !

२०८०, २१ चैत्र बुधबार ०५:३०

चैत २१, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्सबाट खेलिरहेका तिब्रगतिका भारतीय बलर मयंक यादव चर्चाको केन्द्रमा रहेका छन् ।

गएराती सम्पन्न खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा मयंकले तीन महत्वपूर्ण विकेट मात्र लिएनन्, आइपिएलको यस सिजनको अहिलेसम्मको तिब्र बल फालेर चकित पारेका छन् ।


उनले १५६.७ किमी/घण्टाको गतिमा बल फाले, जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा छिटो बल थियो भने यस सिजनको अहिलेसम्मकै तिब्र थियो । 

उनले ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र रजत पाटीदारलाई आउट गरेका थिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका थिए । 

यस स्पेलमा उनले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा ८ बल बलिङ गरेका थिए । यी मध्ये एउटा बल १५६.७ किमी/घण्टाको गतिमा थियो, जुन आइपिएल इतिहासको चौथो सबैभन्दा छिटो बल हो ।

पहिलो नम्बरमा अष्ट्रेलियाका शान टेट छन्, जसले २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले २०२२ मा १५७.३ किमी प्रति घण्टा तिब्र बल फालेका थिए । भारतका उमरान मलिकले २०२२ सिजनमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । यस अघि मयङ्कले पञ्जाबविरुद्धको डेब्यु खेलमा १५५.८ किलोमिटर/घण्टाको गतिमा बल फालेका थिए ।

यस सिजनमा २ खेल मात्र खेलेका मयंकले अहिलेसम्म ६ विकेट लिएका छन् भने दुवै खेलमा प्लेयर अफ द म्याच समेत बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना