2026-09-24 10:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गराउन गैरआवासीय नेपाली संघको श्रममन्त्री समक्ष माग

चैत २१, काठमाडौँ । गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउने नेपालीहरुलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग मन्त्रालयमा भेटघाट गर्ने क्रममा संघ प्रतिनिधि टोलीले यस्तो माग गरेका हुन् ।

भेटका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र मुलुक भित्रै रोजगारी सृजना गर्नका लागि संघको संयन्त्रलाई सदुपयोग गर्न संघका अध्यक्ष डा.केसीले आग्रह गरेका छन् । संघका अध्यक्ष डा.केसीले हाल कुवेत सरकारले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई आममाफी दिएको जानकारी गराए । यही अवसरमा कुवेतमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली श्रमिकलाई नेपाल फर्कनका लागि सहजीकरण गर्न समेत उनले आग्रह गरे । 

त्यस्तै, श्रमिक कल्याणकारी कोषको उचित सदुपयोग गर्न, श्रम मन्त्रालयको नीति निर्माणको क्रममा गैरआवसीय नेपाली संघलाई पनि समावेश गराउन, इराकमा श्रम स्वीकृति खुल्ला गर्न, औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन उहाँले आग्रह गरे । साथै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, सात वटै प्रदेशमा भोकेशनल तालिम केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा मन्त्रालयसँग समन्वय गर्न संघ तयार रहेको उनले बताए । त्यस्तै, संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला श्रमिकलाई सुरक्षित रुपमा वैदेशिक रोजगारी जान सक्ने वातावरण बनाउने कार्यमा पहल गर्न समेत आग्रह गरिन् । भेटमा श्रममन्त्री अर्यालले श्रमिकको हित हुने कार्यमा संघसँग समन्वय गरी अगाडी बढ्न मन्त्रालयल तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी