2026-09-07 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के किम ठुलो युद्धको तयारीमा छन् ?

चैत २१,  काठमाडौँ | उत्तर कोरियाका शासक किम जोङ उनल बारम्बार धम्की र आणविक क्षेप्यास्त्र परीक्षणका लागि विश्वभर चर्चित छन् । यसैबीच, केही विश्लेषकहरूले पछिल्ला केही महिनामा किमले वास्तविक युद्धको तयारी गर्न थालेको चेतावनी दिएका छन् ।

विगत १३ वर्षमा किमले थप आक्रामक रुख अपनाएर सीमा परिक्षण गर्दै आएका छन् । आफ्नो देशको आणविक क्षमता र मिसाइल कार्यक्रममा द्रुत प्रगतिबाट बलियो, बनेका किमले २०२४ को शुरुमा उत्तर कोरियाको संविधानबाट शान्तिपूर्ण एकीकरणको लक्ष्य हटाएर उत्तर कोरियाको अन्य इरादाहरू छन् भनेर प्रमाणित गरेका छन् ।

उत्तर कोरियाली शासक किम जोङ उन ठूलो युद्धको तयारीमा छन् । आणविक मिसाइलको बारम्बार परीक्षण एउटा उदाहरण हो । यसको झलक अप्रिल १० मा हुने दक्षिण कोरियाली निर्वाचनमा देखिन सक्ने आशंका गरिएको छ ।

अप्रिल १० मा हुने दक्षिण कोरियाली चुनावअघि किमले यसको अलिकति झलक देखाउन सक्ने दाबी गरिएको छ । प्रख्यात विश्लेषकहरूले दाबी गरेका छन् कि किम अब ठूलो कदम चाल्ने तयारीमा छन् । यद्यपि, अधिकांश कोरियाली युद्ध परिदृश्यहरूमा, किम जोङ विनाशको सामना गर्छन् ।

पूर्व सीआईए अफिसर रोबर्ट कार्लिन र आणविक वैज्ञानिक सिगफ्राइड हेकरले २०२४ को सुरुमा लेखेका थिए कि १९५० को दशकमा आफ्ना हजुरबुवाले जस्तै किम जोङ उनले उत्तर कोरियामा केन्द्रित भएर युद्धमा जाने रणनीतिक निर्णय गरेका छन् । यो कति चाँडो हुन सक्छ भनेर उनीहरूले अनुमान गरेका थिएनन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनवरीमा भनेको थियो की सबै अनुमानहरूमा सोलको प्रतिक्रिया स्पष्ट रहेको थियो । यदि किमले युद्ध सुरु गरे भने उत्तर कोरिया पक्कै पनि विश्वको नक्साबाट मेटिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ