चैत २२, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि जोन दुरानले एक गोल फर्काएका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल २९ खेलमा ६७ अंकसहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी लिगको शिर्ष स्थानमा भने आर्सनल रहेको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यस्तै यस खेलमा हार बेहोरेको एस्टन भिल्लाको ३१ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।