१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, ३० जनाविरुद्ध मुद्दा

२२ चैत्र २०८०, बिहीबार ०८:४५

चैत २२, काठमाडौं । नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ।

ती जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय लिएको हो। प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा आज बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको स्रोतले बताएको छ।


अख्तियारले यो खरिद प्रकरणमा मुछिएका कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३० जनालाई प्रतिवादी बनाउँदै फाइल विशेष अदालतमा पठाएको हो। 

निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद अघि बढाएपछि कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो।  उजुरी परे पनि अख्तियारले यस प्रकरणको छानबिनलाई अघि बढाएको थिएन।

अख्तियारले यस प्रकरणमा गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाजर खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो।

त्यसपछि लगातार छानबिन र अनुसन्धान जुटेको अख्तियारले बल्ल अनुसन्धान सकेर मुद्दा चलाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण