2026-10-24 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यि हुन् विश्वकै १० सर्वाधिक धनाढ्य, विनोद चौधरी १७ सय ६४ औं स्थानमा

चैत २२, न्युयोर्क | फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका  २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा अघिल्लो वर्षभन्दा १ सय ४१ जना नयाँ अर्बपति थपिएका हुन्। विश्वका अत्याधिक धनीहरू पहिलेभन्दा अझै धेरै धनी भएका छन्। उनीहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ। 

यस वर्षको सबैभन्दा धनाढ्य व्यक्ति बर्नार्ड अर्नाल्ट हुन्। उनी लगातार दोस्रो वर्षका लागि पहिलो स्थानमा परेका छन्। सेफोरा र लुइस भिट्टनलगायतका फेसन र सौन्दर्य प्रशाधनका ब्रान्डका साथै फ्रान्सेली लक्जरी सामानका उत्पादक अर्नाल्टको कुल सम्पत्ति २३३ बिलियन अमेरिकी डलर छ। 

सूचीको दोस्रो नम्बरमा अमेरिकी अर्बपति एलन मस्क परेका छन्। ५२ वर्षीय मस्कको विद्युतीय गाडी कम्पनी टेस्ला, रकेट निर्माण कम्पनी स्पेस एक्सलगायतका ६ वटा कम्पनी छन्। उनको कुल सम्पत्ति १९५ बिलियन अमेरिकी डलर छ। ६० वर्षीय जेफ बेजोस अर्बपतिको सूचीमा तेस्रो भएका छन्। अमेरिकी नागरिक बेजोस प्रविधिको क्षेत्रमा संलग्न छन्। उनको कुल सम्पत्ति १९४ बिलियन अमेरिकी डलर छ। बेजोसले ई–कमर्स कम्पनी एमाजोन सन् १९९४ मा स्थापना गरेका हुन्। 

फेसबुकका मालिक मार्क जुकरबर्ग १७७ बिलियन डलरसहित चौथो भएका छन्। ३९ वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुकको सुरुवात गरेका हुन्। 

प्रविधिको क्षेत्रका अर्का अर्बपति ल्यारी इलिसन फोर्ब्सको सूचीमा पाँचौं नम्बरमा परेका छन्। सफ्टवेयर कम्पनी ओर्‍याकल कर्पोरेसनका मालिक इलिसन ७९ वर्षका भए। यी अमेरिकी नागरिकको कुल सम्पत्ति १४१ बिलियन डलर छ। 

विश्वभरका छैटौं धनाढ्य वारेन बफेट बनेका छन्। ९३ वर्षीय बफेटको कुल सम्पत्ति १३३ बिलियन डलर छ। त्यसैगरी अमेरिकाका बिल गेट्स र स्टिभ बलमर क्रमशः सूचीमा सातौं र आठौं धनाढ्य भएका छन्। ६८ वर्षीय गेट्सको कुल सम्पत्ति १२८ बिलियन डलर छ भने सोही उमेरका बलमरको सम्पत्ति १२१ बिलियन डलर छ। 

भारतीय अर्बपति मुकेश अम्बानी सूचीको नवौं नम्बरमा पर्न सफल भएका छन्। रिलायन्स इन्टष्ट्रिजका मालिक अम्बानीको कुल सम्पत्ति ११६ बिलियन डलर छ। सूचीको दसौं नम्बरमा ल्यारी पेज परेका छन्। ५१ वर्षीय पेजको कुल सम्पत्ति ११४ बिलियन डलर छ। 

नेपालका एक मात्र अर्बपति विनोद चौधरी फोर्ब्सको सूचीमा १७६४ औं स्थानमा परेका छन्। उनको कुल सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने