५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बरोडाविरुद्धको खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाल, टिममा चार परिवर्तन

२३ चैत्र २०८०, शुक्रबार ०७:०९

चैत २३, काठमाडौँ | नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा बरोडाविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । पछिल्लो गुजरातसँगको खेलबाट नेपालले टोलीमा चार परिवर्तन गरेको छ ।

नेपालको नियमित कप्तान रोहित पौडेल आज विश्राममा छन् । बरोडाविरुद्धको खेलमा कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।  तीव्र गतिका बलर अभिनाश बोहरा, रोहित पौडेल, आसिफ शेख र सोमपाल कामी आज बेच्नमा छन् ।


नेपाल फाइनलमा पुगिसकेको हुँदा उनीहरूलाई विश्राम दिइएको हो । नेपालको टोलीमा ललित राजवंशी र आकाश चन्दले खेल्ने मौका पाएका छन् । पछिल्लो खेलमा विश्राम पाएका करण केसी र दीपेन्द्र टोलीमा फर्किएका हुन् । विकेटकिपरको भूमिका अनिल शाहले गर्नेछन् ।

नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरिसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्नेछ ।

पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी (कप्तान), ललित राजवंशी, करण केसी, प्रतिश जिसी र आकाश चन्द ।

बेन्च : रोहित पौडेल, आसिफ शेख, सोमपाल कामी र अभिनाश बोहरा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ