४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बरोडाविरुद्ध नेपाल ३७ रनले पराजित

२३ चैत्र २०८०, शुक्रबार १०:५१

चैत २३, काठमाडौँ | भारतको वापीमा जारी ‘एसएमएस फ्रेन्ड्शिप कप’ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोली बरोडासँग पराजित भएको छ। 

टस जितेर ब्याटिङ रोजेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्यहोरेको हो।


सुरुमा नेपाली बलर हाबी रहेपनि अन्तिममा कमजोर प्रदर्शन गरेपछि २० ओभरमा बरोडाले ८ विकेट गुमाउँदै १५६ रन जोडेको थियो।

बरोडाले उक्त रन जोड्नेक्रममा ब्याटरहरू शाश्वत रावतले ३१ र ध्रुब पटेलले २९ रनको योगदान दिएका थिए। नेपाली बलरहरू गुल्शन झा र करन केसीले २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका तर्फबाट प्रारम्भिक चार ब्याटर २७ रनमै आउट भएका थिए। त्यसपछि सन्दीप जोरा र विवेक यादवबीच केहीबेर साझेदारी भयो। जोराले ५८ रन जोडेका थिए।  

खेलको अन्तिममा  धमाधम विकेट गुम्दै गएपछि १८ ओभर ५ बलमा ११९ रनमा अलआउट हुनपुग्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ