२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीलंकनलाई बन्धक बनाउने ४ पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ

२०८०, २३ चैत्र शुक्रबार ११:५६

चैत २३, काठमाडौँ । श्रीलंकन नागरिकहरूलाई काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोहीठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।


उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो  । उनीहरुले श्रीलंकन नागरिकलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोप लागेको छ ।

वैदेशिक रोजगारीमा क्यानडा, रोमानिया, ग्रिस पठाइदिने भन्दै श्रीलंकनलाई काठमाडौं ल्याइ बन्धन बनाउने, कुटपिट गर्ने धम्की दिने र रकम लुटपाट समेत गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।

पक्राउ परेकाहरुलाई अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान तथा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना