2026-07-25 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

डीपफेकबाट सीएफओ बनेर कर्मचारीसँग साढे २ करोड डलर ठगी

चैत २३, काठमाडौँ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती कर्मचारीलाई साढे २ करोड डलर तिर्न लगाएको हङकङको प्रहरीले बताएको छ ।

यो घाटलामा ठगहरूले एउटा डिपफेक भिडियो कल गरेका थिए । कलमा देखिएका व्यक्तिहरू कम्पनीकै कर्मचारी जस्ता देखिन्थे । धेरै जना देखिएको यो भिडियो कलमा देखिएका सबै मान्छे नक्कली थिए । कर्मचारीले कम्पनीका बेलायतमा रहेका वित्तीय अधिकारीबाट म्यासेज पाए । मेलमा सीएफओले गोप्य कारोबार गर्नुपर्ने भयो भनेर बताएपछि कर्मचारीलाई सुरुमा शंका लाग्यो ।

भिडियो कलमा सीएफओसँग कुरा गरेपछि उनको शंका हट्यो । भिडियो कलमा उनले चिनेका सहकर्मी जस्तै देखिने मान्छेहरू थिए । उनले २ करोड ५६ लाख डलर पठाइदिए । कर्मचारीले कम्पनीको मुख्य कार्यालयमा सोधपुछ गरेपछि आफू ठगीमा परेको थाहा पाए । पछिल्लो समय सार्वजनिक रूपमा उपलब्ध भिडियो र फोटोहरूमा डिपफेक प्रविधिको प्रयोग गरेर ठगीका घटनाहरू बढेका छन् ।

पछिल्लो घटना यसकै एउटा हिस्सा हो । यो घोटालामा हङकङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आठ ओटा आईडी कार्ड चोरी भइएको उजुरी आएको छ । यी कार्डहरुलाई गएको वर्ष जुलाई देखि सेप्टेम्बरको बीचमा ९० ओटा कर्जा आवेदन र ५४ ओटा बैंक खाता दर्ताका लागि प्रयोग गरिएको पाइएको छ । कम्तीमा २० ओटा केसमा डिपफेकको प्रयोग भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक