१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

डीपफेकबाट सीएफओ बनेर कर्मचारीसँग साढे २ करोड डलर ठगी

२३ चैत्र २०८०, शुक्रबार १२:३५

चैत २३, काठमाडौँ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती कर्मचारीलाई साढे २ करोड डलर तिर्न लगाएको हङकङको प्रहरीले बताएको छ ।

यो घाटलामा ठगहरूले एउटा डिपफेक भिडियो कल गरेका थिए । कलमा देखिएका व्यक्तिहरू कम्पनीकै कर्मचारी जस्ता देखिन्थे । धेरै जना देखिएको यो भिडियो कलमा देखिएका सबै मान्छे नक्कली थिए । कर्मचारीले कम्पनीका बेलायतमा रहेका वित्तीय अधिकारीबाट म्यासेज पाए । मेलमा सीएफओले गोप्य कारोबार गर्नुपर्ने भयो भनेर बताएपछि कर्मचारीलाई सुरुमा शंका लाग्यो ।

भिडियो कलमा सीएफओसँग कुरा गरेपछि उनको शंका हट्यो । भिडियो कलमा उनले चिनेका सहकर्मी जस्तै देखिने मान्छेहरू थिए । उनले २ करोड ५६ लाख डलर पठाइदिए । कर्मचारीले कम्पनीको मुख्य कार्यालयमा सोधपुछ गरेपछि आफू ठगीमा परेको थाहा पाए । पछिल्लो समय सार्वजनिक रूपमा उपलब्ध भिडियो र फोटोहरूमा डिपफेक प्रविधिको प्रयोग गरेर ठगीका घटनाहरू बढेका छन् ।

पछिल्लो घटना यसकै एउटा हिस्सा हो । यो घोटालामा हङकङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आठ ओटा आईडी कार्ड चोरी भइएको उजुरी आएको छ । यी कार्डहरुलाई गएको वर्ष जुलाई देखि सेप्टेम्बरको बीचमा ९० ओटा कर्जा आवेदन र ५४ ओटा बैंक खाता दर्ताका लागि प्रयोग गरिएको पाइएको छ । कम्तीमा २० ओटा केसमा डिपफेकको प्रयोग भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण