2026-09-07 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

चैत २४, न्युयोर्क | पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । 

अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका छन् । तर, अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार शुक्रबार न्यूयोर्क सहरमा ४.८ म्याग्निच्युडको सानो भूकम्प गएको थियो र यसको केन्द्रविन्दु छिमेकी राज्य न्युजर्सी थियो । ब्रुकलिनमा भवनहरू हल्लिएको बताए।

भूकम्पपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गाजासम्बन्धी सुरक्षा परिषद्को बैठक अस्थायी रूपमा रोकिएको थियो । त्यसबेला बोल्दै आएका सेभ द चिल्ड्रेनका प्रतिनिधि जान्टी सोरिप्टोले सोध्नुभयो,  ‘के यो भूकम्प हो ?’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिलाडेल्फियादेखि न्यूयोर्कसम्म र पूर्व लङ आइल्याण्डसम्म भूकम्पको धक्का महसुस गरेको रिपोर्ट गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ