चैत २५, काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी-२० अन्तर्गत गुजरातविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो। कुशल भुर्तेल १९ रन बनाएर आउट भएका हुन्।
नेपाल जारी प्रतियोगितामा एक खेलमा पराजित र अन्य सबैमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। तर, अन्तिम खेलमा कमजोर टोलीसँग पराजित भएको नेपाललाई आजको खेल सहज हुनेछैन
टी–२० विश्वकपको तयारी स्वरुप नेपाल हाल भारत भ्रमणमा रहेको छ।
आजको खेलमा भने नेपालले चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।