कात्तिक ७, भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरे"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विदेश लैजान लागेका दुई युवतीको सीमाबाट उद्धार

७ कार्तिक २०७३, आईतवार ०२:५३

कात्तिक ७, भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ । 

सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ दिल्ली हँुदै ओमान जान लागेको अवस्थामा पश्चिमी सिमानाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । 

काठमाडौँ–दिल्ली चल्ने ना५ख ८९७ नंको बस चेकजाँच गर्ने क्रममा उक्त दुई युवती अवैध रुपमा जान लागेको भेटिएको हो । सुनसरी घर भएका गौरीले ओमानमा राम्रो काम छ यतै आउनु भनेर कुरा गरेपछि आफूले काठमाडौँबाट दिल्लीका लागि हिँडेको बताएको माइती नेपालको भनाइ छ । 

साथमा पासपोर्ट भिसासमेत नभएकी युवतीलाई कुनै वैदेशिक रोजगारीको प्रलोभन देखाई दलालले भारतमै बेचबिखन गर्न लगिरहेको आशङ्का माइती नेपाल कञ्चनपुरले गरेको छ । सोधपुछ गर्दा युवतीसँग आवश्यक कागजात नभेटिएकाले उनीहरुलाई माइती नेपालले नियन्त्रणमा लिएर आवधिक गृहमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता