कात्तिक ७, भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरे"/>
2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विदेश लैजान लागेका दुई युवतीको सीमाबाट उद्धार

कात्तिक ७, भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ । 

सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ दिल्ली हँुदै ओमान जान लागेको अवस्थामा पश्चिमी सिमानाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । 

काठमाडौँ–दिल्ली चल्ने ना५ख ८९७ नंको बस चेकजाँच गर्ने क्रममा उक्त दुई युवती अवैध रुपमा जान लागेको भेटिएको हो । सुनसरी घर भएका गौरीले ओमानमा राम्रो काम छ यतै आउनु भनेर कुरा गरेपछि आफूले काठमाडौँबाट दिल्लीका लागि हिँडेको बताएको माइती नेपालको भनाइ छ । 

साथमा पासपोर्ट भिसासमेत नभएकी युवतीलाई कुनै वैदेशिक रोजगारीको प्रलोभन देखाई दलालले भारतमै बेचबिखन गर्न लगिरहेको आशङ्का माइती नेपाल कञ्चनपुरले गरेको छ । सोधपुछ गर्दा युवतीसँग आवश्यक कागजात नभेटिएकाले उनीहरुलाई माइती नेपालले नियन्त्रणमा लिएर आवधिक गृहमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई