2026-09-07 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नयाँ निर्वाचन भए पछि कुवेतका प्रधानमन्त्रीले दिए पदबाट राजिनामा

चैत २६, कुवेत सिटी | कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजिनामा दिएका छन् । 

उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ । 

गत बिहीबार नयाँ संसदको निर्वाचन भए पछि उनले यो राजीनामा दिएका हुन |

राष्ट्रियसभाको प्रत्येक कार्यकालको सुरुमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था संविधानको धारा ५७ ले गरे बमोजिम वर्तमान सरकारले व्यवस्थापिकाको उद्घाटन अघि नै राजीनामा बुझाउनु पर्नेछ ।

आफ्नो राजीनामा अघि शनिबारको विशेष मन्त्रिपरिषद् बैठकमा १८ अप्रिलमा राष्ट्रिय सभालाई पहिलो नियमित अधिवेशन बोलाउन आह्वान गर्ने कानूनको मस्यौदा स्वीकृत गरेको पनि कुनाले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीले अमिरको नेतृत्व र समर्थनका लागि मन्त्रिपरिषद्को तर्फबाट कृतज्ञता व्यक्त गर्दै राजीनामाले संवैधानिक दिशानिर्देश र लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको प्रतिबद्धता झल्काउने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीबारदेखि मतदान सुरु भएको थियो । भोलिपल्ट भएको मतगणना अनुसार २०० उम्मेदवारको समूहबाट एक महिलासहित ५० जना सांसद चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ