१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

श्रीमतीले दुर्ब्याबहार गरेको भन्दै हत्या, शवलाइ पारे २ सय टुक्रा

२६ चैत्र २०८०, सोमबार ०३:०२

चैत २६, लन्डन | बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । 

श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस म्याटसनले यसलाई अस्वीकार गर्दै आए पनि शुक्रबार (गत ५ अप्रिल) अदालतमा उनले आफ्नो अपराध स्वीकार गरेका छन् । आरोपित मेटसनले २६ वर्षीया होली ब्राम्लीको हत्या गरेको घटनाले सिंगो बेलायतलाई स्तब्ध बनाएको जनाइएको छ ।

बीबीसीका अनुसार अभियुक्त निकोलस म्याटसनले आफ्नी श्रीमतीको यति निर्ममतापूर्वक हत्या किन गरे ? यसको ठोस कारण अहिलेसम्म फेला परेको छैन । अचम्मको र डरलाग्दो कुरा के छ भने आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरिसकेपछि निकोलसले उनका रिरका अंगहरु विस्थापित गर्नका लागि साथी जोसुवा ह्यान्ककको सहयोग पनि लिएका थिए जसका लागि उनले उनलाई ५० पाउण्ड दिएका थिए । उनले नै यो कुराका अदालत समक्ष खुलासा गरेका हुन् ।

आरोपित व्यक्ति मेटसनले मार्च महिनामा हत्या गरेका थिए । मृतक ब्राम्ली २७ मार्च २०२३ मा आफ्नो घर फर्किंदै गर्दा कैद गरिएको सिसिटिभी फुटेजमा हराइन्। यो हत्या गरेपछि आरोपितले केही सातादेखि मार्चमा भएको हत्याको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका थिए । यद्यपि मेटसनले कथित रूपमा प्रहरीहरूलाई भने कि ब्राम्ली मार्च १९ मा महिला सहायता समूहसँग गएकी थिइन ।

अदालतले अब सोमबार (मार्च ८) मा उनको सजायको फैसला सुनाउदैँछ ।

आरोपी निकोलसले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको अवशेष भान्साकोठामा राखेका थिए । अभियुक्तले उनलाई धारिलो चक्कुले प्रहार गरी शवलाई बाथरुममा टुक्रा पारेका थिए । परिवारका सदस्यबाट उजुरी आएपछि प्रहरीले ब्राम्लीको स्वास्थ्य अवस्थाबारे अनुसन्धान थालेको थियो ।

मार्च २४ २०२३ मा लिंकनशायर पुलिसले दम्पतीको घर निरीक्षण गरेको थियो। सो क्रममा प्रहरीले फ्ल्याटबाट एमोनिया र ब्लीच पाउडरको गन्ध पनि पाएपछि उनीहरुलाई शंका लागेको थियो । यसपछि बाथरुमको बाथटबमा रगतले लतपतिएको र भुइँमा कालो धब्बा देखिएको देखियो । जब यी दागहरू फोरेंसिक रूपमा जाँच गरियो, तिनीहरू ब्राम्लीको रगत भएको पाइयो।

घर हेर्दा भर्खरै मर्मत गरिएको जस्तो लागेको प्रहरीको भनाई छ । प्रहरी सोधपुछको क्रममा मेटसनले आफ्नी श्रीमतीको हातबाट घरेलु दुर्व्यवहारको सिकार भएको दाबी गरेका छन् । उनले आफ्नो हातमा चोटको निशान पनि देखाए। दुवैले सन् २०२१ मा विवाह गरे र  छुट्टिने तयारीमा थिए । त्यही बेला यो घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल