२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आकाशमा उडिरहेको विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएपछि..

२०८०, २६ चैत्र सोमबार ०८:५०

चैत २६, न्यूयोर्क । आकाशमा उडिरहेको समयमा साउथवेष्ट एयरलाइन्सको विमानको इन्जिन कभर खसेको छ । आइतबार ह्यूष्टनतर्फ गइरहेको बोइङ ७३७–८०० विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएको थियो । यो घटनापछि विमानलाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित रूपमा अवतरण गरिएको अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले बताएको छ ।


यस मामिलामा एफएएले छानबिन गर्ने भएको छ । रेकर्डेड एयर ट्राफिक कन्ट्रोल अडियोमा एक जना पाइलटले कयौँ यात्री र फ्लाइट अटेन्डेन्टहरूले पङ्खामा केही वस्तुले हिर्काइरहेको चर्को आवाज सुनेको बताएका थिए । यो घटनापछि यात्रीहरू अर्को विमानमा चढेर ह्युष्टन फर्किए । उनीहरूको उडान निर्धारित समयभन्दा तीन घण्टा ढिला भएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । कम्पनीले यस घटनाका लागि सबै यात्रीहरूसँग माफी मागेको थियो ।

एयरलाइन्सको मर्मत सम्भार टोलीले विमानको चेकजाँच गर्ने बताइएको छ । विमान डेनभर विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ७ः४९ बजे उडेको थियो । विमान फर्किदा बिहानको ८ः१५ भएको थियो । यो घटना भएको समयमा विमान १० हजार फिटको उचाइमा थियो । सन् २०१५ को मेमा विमान चलाउन लायक भएको एफएएको रेकर्डले देखाएको छ । यस विषयमा बोइङले कुनै पनि प्रतिक्रिया दिन मानेन । हालैका महिनाहरूमा बोइङका विमानमा अनेकौँ मेकानिक समस्या देखिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल