2026-08-22 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप खेल्ने नयाँ जर्सी : घोप्टो झण्डालाई लिएर बहस,पारस भन्छन्- पहिले पनि यस्तै थियो

चैत २७, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी टी-२० विश्वकपका लागि नयाँ जर्सी पनि सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सोही जर्सी लगाएर नेपालले टी-२० विश्वकप खेल्नेछ । 

 खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको हातबाट जर्सी सार्वजनिक गरिएपछि तीव्र प्रतिक्रिया सुरु भएको छ ।

राष्ट्रिय टोलीका खेलाडीहरू विदेश भ्रमणमा रहेको अवसरमा क्यानले नयाँ जर्सी सार्वजनिक गर्‍यो । त्यसैले जर्सी सार्वजनिक कार्यक्रममा न राष्ट्रिय टोलीका कप्तान थिए न त अन्य खेलाडी नै । यसले जर्सी सार्वजनिक कार्यक्रमलाई केही खल्लो बनाउनु स्वाभाविक थियो ।  

अर्कोतिर, क्यानले सार्वजनिक गरेको नयाँ जर्सीको विषयमा पनि समर्थकहरूले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका छन् । अधिकांश समर्थकले नयाँ जर्सीको विषयमा नकारात्मक टिप्पणी नै गरेका छन् । उनीहरूले नयाँ जर्सीभन्दा नेपालीले प्रयोग गर्ने पुरानो जर्सी नै राम्रो भएको टिप्पणी गरेका छन् ।

खास गरी नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएको छ । खेलाडीको काँधमा पर्ने गरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको जस्तो देखिन्छ । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको छ । केहि समर्थकहरूले चाहिँ यसमा केही खराबी नभएको बताइरहेका छन् ।

नेपाल क्रिकेट संघ-क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का झण्डालाई लिएर गलत व्याख्या भइरहेको बताउँछन् । उनले भने, ‘यसअघिको जर्सीमा पनि झण्डा यसरी नै प्रयोग हुँदै आएको थियो । नेपाली खेलाडीले काँधमा देशलाई बोकेर खेलिरहेका छन् वा हुन्छन् भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ ।’

उनले हरेक कुरामा नकारात्मक सोच राखेर टीकाटिप्पणी नगर्न पनि आग्रह गरेका छन् । विश्वकप तयारीका लागि वेस्ट इन्डिज एसँग नेपालले ५ खेलको टी–२० शृङ्खला घरेलु मैदानमा खेल्दै छ । त्यसअघि एसीसी प्रिमियर लिग खेल्न खेलाडीहरू आज ओमान जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो