२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बंगुरपालन तामिल समापन

२४ माघ २०७२, आईतवार १३:०३

माघ २४, हेटौंडा । सिमलटारमा सञ्चालित बंगुर पालन सम्बन्धि तालिम आज समापन
गरिएको छ । सिमलटारक्षेत्रलाई स्रोतकेन्द्रका रुपमा विकास गर्ने उद्घेश्यले आयोजना गरिएको तीन दिने
बङ्गुर पालन तालिम समापन गरिएको हो ।

स्थानीय स्वरोजगार
बङ्गुरपालक कृषक समूहका अध्यक्ष देवेन्द्र राईको अध्यक्षता तथा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका
कार्यालय प्रमुख तथा बरिष्ठ पसु विकास अधिकृत डाक्टर रामप्रकाश प्रधानको प्रमुख आतिथ्यमा तालिम समापन
गरिएको हो । पशु विकास फार्म पोखरा र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा आयोजित
तालिममा स्थानीय २१ जना कृषकको सहभागिता थियो ।

डाक्टर
रामप्रकाश प्रधान, पशु विकास फार्म पोखराका पशु सेवा प्राविधिक दिपेन्द्र लामिछाने, पशुसेवा प्राविधिक
मधु विलास न्यौपाने, बन्धुराज अधिकारीले सहनीकरण गर्नुभएको थियो । तालिम समापनमा विपन्न बचत तथा ऋण
सहकारी संस्थाका अध्यक्ष दुदुमाया थापा, स्वरोजगार बङ्गुर पालक कृषक समूहका सदस्य सल्लाहकार
गोविन्दप्रसाद न्यौपाने, तालिमका सहभागी कृषक सपना गोङ्वा र रामकुमार जिम्बाले मन्तव्य व्यक्त गर्नुभएको
थियो ।

तालिममा बङ्गुरको जात छनौट, खोर व्यवस्थापन, आहारा
व्यवस्थापन, प्रजनन् व्यवस्थापनबारे सहभागीलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने