२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युवतीलाई अवैध धन्दाका लागि दिल्ली हुँदै श्रीलंका पुर्‍याउने एजेन्ट गाउँपालिकाकै अध्यक्ष रहेको खुलेपछि …

२०८०, २९ चैत्र बिहीबार ०९:५६

चैत २९, काठमाडौँ । पछिल्लो समय रोजगारीको अवसर देखाउँदै एजेन्टहरूले भारत हुँदै तेस्रो मुलुकमा समेत नेपाली युवतीहरूलाई अवैध धन्दाकै लागि पठाउने गरेको घटना सामान्य बन्दै गएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्याएर यौन धन्दामा लगाएको आरोपमा रसुवा नौकुण्ड गाउँपालिका–१ का नुर्वु घले भन्ने नुर्बु स्याङबोलाई पक्राउ गरेको छ । उनी नौकुण्ड गाउँपालिकाकै अध्यक्ष समेत हुन् । ब्यूरोको टोलीले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।


प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया योगिता तामाङ (नाम परिवर्तित) रोजगारीका लागि विदेश जाने सोचमा थिइन् । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै थियो ।

काठमाडौंमा रहँदा उनले आफ्नो दैनिकी चलाउन गाह्रो हुने देखिन् । २०७३ सालको साउनमा भने उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

योगितालाई ढुंगा खोज्दा देवता भेटेजस्तै भयो । उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए । नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले योगितालाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएका योगितालाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । योगितालाई होला भन्ने लाग्यो । दिल्लीमा केही दिन बसेकी योगिता श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् । कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेका योगितालाई त्यहाँ पुगेपछि भने नर्क पुगेजस्तै लाग्यो । उनको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

उनी बाध्यतामा परिन् । प्रतिकार गर्ने अवस्थामा थिएन । पछि नेपाल प्रहरी र श्रीलंकास्थित अन्य संघ संस्थाको समन्वयमा उद्धार गरिएको थियो । योगिता नेपाल फर्किएलगत्तै नुर्बुकै नाममा प्रहरीमा जोहरी दिएकी थिइन् । तर, उनी लामो सयमसम्म पक्राउ पर्नबाट जोगिँदै आएका थिए ।

अनुसन्धान गर्दै जाँदा खुल्यो पालिका अध्यक्ष

पछिल्लो समय ब्यूरोको टोलीले विभिन्न पुराना उजुरी माथिको फाइल खोतल्न थालेको छ । त्यसैमध्येको एक थियो– योगिताको उजुरी पनि । योगिताको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पीडित भनिएका नुर्बु नौकुण्ड गाउँपालिकाकै अध्यक्ष रहेको खुल्यो । पालिकाको अध्यक्षबारे ब्यूरोको टोलीले निगरानी गर्दै आएको थियो ।

बुधबार भने उनी ब्यूरोको कार्यालय नजिकै आइपुगेको अवस्थामा टोलीले पक्राउ गरेको हो । ब्यूरोको टोलीसँग सुरुमा उनले किन पक्राउ गर्न खोजेको भन्दै प्रतिकार गर्न खोजेका थिए ।

पक्राउ परेका स्याङबोमाथि ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना