२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

२०८०, ३० चैत्र शुक्रबार ०३:१४

चित ३०, न्युयोर्क | अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ ।

लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्यग्रहणलाई लिएर चिन्तित थिइन्। उनी मानिसबाट नकारात्मक ऊर्जा हटाएर आफ्नो राशिफलमार्फत आफ्नो भविष्य बताउँथिन् । भर्खरै उनले आफ्नो वेबसाइटमा पोस्ट गरेको थिइन कि, ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस्।’

ड्यानियलले थप लेखेका थिइन, ‘संसार धेरै छिटो परिवर्तन हुँदैछ। यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ।’

यसपछि गत ८ अप्रिलमा ग्रहणको दिन बिहान ड्यानियलले आफ्ना श्रीमानको छातीमा छुरा हानेकी थिइन् । त्यसपछि राति उनले आफ्ना ९ वर्षीया र ८ महिनाकी छोरीलाई कारमा हालेर ४०५ नम्बरको फ्रिवेमा लगेर कारबाट बाहिर फालिन ।

यस अवधिमा ८ महिनाकी बालिकाको मृत्यु भएको छ भने ९ वर्षीया बालिका अस्पतालमा भर्ना छिन् । ड्यानियलले आफ्नो कार दुई केटीहरूलाई फ्याँकेको ठाउँबाट अलि टाढा एउटा रूखमा ठोक्किएको थियो । आधा घन्टापछि घटनास्थलमा पुगेको प्रहरीले ठक्कर अघि कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको पत्ता लगाएको छ ।

रिपोर्टका अनुसार तीब्र गतिको कारसँग ठोक्किए पछि ड्यानियलको शरीर यति नराम्ररी टुक्रा टुक्रा भएको थियो कि उनको पहिचान गर्न समेत गाह्रो भएको थियो । जब पुलिस डेनियलको घर पुग्यो, त्यहाँ रगतले बनेको खुट्टाको छाप थियो। जहाँ प्रहरीले डेनियलका श्रीमानको शव फेला पारेको छ । धेरैले श्रीमानको हत्यालाइ बलि परम्परासँग जोडेका छन् ।

अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै रहेका छन् । ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भनेका छन् कि यी दावीहरूको वास्तविकतामा कुनै आधार छैन। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिनमा ४ मिनेट २८ सेकेण्डसम्म अँध्यारो थियो ।

ग्रहणको समयमा अमेरिकाको अर्कान्सासमा पनि ४०० जोडीले विवाह गरेका थिए भने आज पनि अमेरिकाको चक्तो समुदायमा ग्रहणको समयमा ठूलो र कालो गिलहरीले सूर्यलाई खान्छ भन्ने विश्वास छ । त्यसैले सोमबार ग्रहणको समयमा समुदायका महिलाहरू घरबाहिर आएर भाँडाकुँडा हानेका थिए ताकि गिलहरीलाई भगाउन सकियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन