विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा नगर स्तरीय युवा समुहका सदस्य तथा सरोकारवालाहरुका लागि २ दिने सहभागितात्मक योजना तर्जुमा प्रकृया तालिम आईतवार सम्पन्न भएको छ ।
साझेदारी विकास परियोजना अन्र्तगत नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा तालिम दिईएको बेल्डाँडी नगरपालिकाले जनाएको छ । बेल्डाँडीमा साझेदारी विकास परियोजना लागु भए पछि युवाहरुलाई पनि युवाले सहभागितात्मक योजना तर्जुमामा महत्वपुर्ण भुमिका खेल्न सकुन भन्ने उदेश्यले तालिम दिईएको युवा अभियान कार्यक्रमका संयोजक रिसीकेस जैरुले बताउनु भयो ।
स्थानिय विकास र सुशासनको पक्षमा युवाले उदाहरणीय भुमिका खेल्न सकुन भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले भने बस्ती स्तरको योजना छनौटमा यो तालिमले युवाहरुमा सकारात्मक परिर्वतन ल्याउनुका साथै योजना प्राथामिकरण गर्नमा सिस्टम बस्ने कुरा जानकारी गराउनु भयो ।
सहभागी युवाहरुले भने यो तालिमले हामी युवाहरुको आखाँ खोलिदिएको जनाए । आजका मिति सम्म हामीले योजना कसरी बन्छ भन्ने कुरा समेत आफुहरुलाई थाहाँ नभएको र यो तालिमले हामीहरुलाई ठुलो फाईदा पु¥याएको बताए ।
सहभागी स्थानिय युवा सिता भट्टले भने ‘हामी आजको मिति सम्म वडा भेलामा समेत गएका छैनौ, योजना छनौट र कार्यान्वयनको कुरा परै जाओस् ।’ हामीले सुनेका मात्र थियौ महिलाको पनि बजेट आउछ, कसरी आउछ भन्ने थाहाँ थिएन यो तालिममा आएर थाहाँ पाएको बताए । उनले भनिन् अवका वस्ती स्तरको योजना छनौटमा सहभागी हुने र आफु महिला भएकोले महिलालाई प्रत्यक्ष फाईदा हुने योजना माग गर्ने बताए ।
बेल्डाँडी नगर स्तरीय युवा समुहकी संयोजक लक्ष्मी जैसीले भने ‘मैले यो भन्दा पहिले नगरपालिका कार्यालय सम्म पनि कहिले नआएको बताउदै भन्नु भयो मलाई यहाँ सम्म पु¥याएको साझेदारी विकास परियोजनाले हो । उनले भनिन् के योजना ? के तर्जुमा ? के संयोजक ? यो पनि मलाई थाहैँ थिएन आज यो तालिमले मेरा आखाँ खोल्नुका साथै बस्ती स्तरको योजना छनौटमा म युवा भएको हैसियतले म जस्ता तमाम युवालाई सहभागी गराउने कुरा बताए ।’
उनले गह भरी आशु निकाल्दै भने मेरो जिवनकै पहिलो तालिम यो हो । यो तालिमले मेरो जिनमा ठुलो सकारात्म परिर्वतन ल्याएको छ । म केही पनि नबोल्न सक्ने युवा आज केहि बुझेकोले आफुले आफु जस्ता तमाम युवाको सकारात्म सोच ल्याउनमा लाग्ने कुरा बताउदै स्थानिय विकासको काममा जनसहभागीता बढाउनमा लाग्ने जनाएका छन् । समुहका उप संयोजक मदन भट्टले भने हामी आजै देखि युवाले गर्नुपर्ने सकारात्मक कार्यगर्नमा लाग्ने जनाए ।
बेल्डाँडी नगरपालिकाका सव इन्जनियर तेज सुनारले भने युवाको स्थानिय विकासका काममा ठुलो योगदान रहेको बताए । यहाका युवाहरुले युवाको भुमिका खेल्नु पर्ने जोड गर्दै आफुहरुले समेत युवालाई सहयोग गर्ने जनाए ।
कार्यक्रमको सहजिकरण खाने पानि तथा सरसफाई कार्यालयका कर्मचारी बिसनदेव जोशीले गरेका थिए । बेल्डाँडीका युवाहरुले यस्ता तालिम पुनः दिनु पर्नेमा जोड दिएका थिए ।