2026-07-24 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेमा

चैत ३०, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । 

टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । उनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले उनको अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरी रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए । 

चौधरीले निर्वाचन आयोग, संस्थापक अध्यक्ष एवम् आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ लगायतलाई विपक्षी बनाई आफूलाई अध्यक्षको मान्यता नदिने आयोगको निर्णय खारेज हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए । उक्त रिटमाथि गत चैत २५ गते न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतबाट भएको फैसलासमेत सँगै राख्ने आदेश दिएको थियो । 

त्यसपछि शुक्रबार पेसी तोकिएकामा उक्त मुद्दा न्यायाधीश नहकुल सुवेदीले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । यसअघि रेशम चौधरी जोडिएको टिकापुर नरसंहारको मुद्दामा फैसला गर्दा न्यायाधीश डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासबाट फैसला भएको थियो । पुरानो मुद्दा पनि सँगै राखिने भएपछि उक्त मुद्दामा अब नहकुल सुवेदी रहेको इजलासले हेर्न मिल्दैन । उनीसँगै वरिष्ठतम् न्यायाधीश डा.आनन्दमोहन भट्टराईले समेत उक्त मुद्दा हेर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक