2026-07-26 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कसरी सफल भयो एक घण्टामा श्रम स्वीकृति ? यस्तो छ भित्री कथा

अनिल अधिकारी । चैत ३१, काठमाडौँ । श्रममन्त्री डोल प्रसाद अर्यालले श्रममन्त्रीको रुपमा नियुक्त भएर आएपछि एक घण्टामा श्रम स्वीकृति जारी गर्दै पहिलो बेथितिको अन्त्य गर्न सफल भएका छन् । सुधारसंगै अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले सम्पूर्ण कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराईरहेको छ । 

तश्वीरमा: श्रम कार्यालय ताहाचलमा जिम्मेवारीमा खटिदै कर्मचारीहरु । 

यो सम्भव हुनुमा श्रममन्त्री अर्यालले आफ्नो स्वविवेकलाई गणितीय हिसावले प्रयोग गरेको पाइएको छ । मन्त्री अर्यालले श्रम कार्यालय अन्तर्गत भईरहेको बेथितिलाई नजिकबाट बुझेर दैनिक रुपमा श्रम स्वीकृति लिनको लागि आवेदन पर्ने संख्या र जारी भईरहेको संख्यालाई नजिकबाट अध्ययन गरे । जसमा उनले ढिला-सुस्तीको कैफियत पत्ता लगाएर त्यसको व्यवस्थापनमा योजना बनाए । 

ढिला-सुस्तीको मुख्य समस्या के रहेछ भने श्रम कार्यालय ताहाचलमा दैनिक श्रम स्वीकृतिको लागि आवेदन पर्नेको संख्या दैनिक औशतमा १५०० जना रहेछ । श्रममन्त्रीको स्व-अनुगमनको क्रममा भेटिएको कैफियत कुनै कर्मचारीले एकै घण्टामा ठूलो संख्यामा श्रम स्वीकृति जारी गरिरहेको र कसैले अप्रत्याशित कम संख्यामा श्रम स्वीकृतिको काम गर्दैरहेको भेटे । अर्को तर्फ एकै कर्मचारीले भेरिफाई गरे पुग्ने अवस्थामा दुई/तीन लेयर प्रयोग भईरहेको विषयमा चासो राखे । उनले यिनै कैफियतलाई बुझेर त्यसको व्यवस्थापन गर्ने सम्बन्धमा केहि मन्त्रिस्तरीय निर्णय गर्दै FEMIS सिस्टम बनाउने समूहसँग नियमित बसे र केहि सिस्टममा समेत सुधार गरे । 

सुधारपछि मन्त्री अर्यालले अब एक घण्टामा एक जना कर्मचारीले कति जनाको श्रम स्वीकृति जारी गर्न सक्छन् भन्ने कुराको परीक्षण गरे । जुन परीक्षणको नतिजा यति सकारात्मक आयो कि आवेदनकर्ताले आवेदन दिएको २/३ मिनेटमै श्रमस्वीकृति जारी गर्न सम्भव भयो । परीक्षणको नतिजा अनुसार एकै कर्मचारीले एक घण्टा भित्र २५ जना भन्दा बढीको श्रम स्वीकृति जारी गर्न सके । यसै हिसाव अनुसार एकै कर्मचारीले दैनिक ७ घण्टा काम गर्दा १५० जना भन्दा बढीको श्रम-स्वीकृति जारी गर्न सक्ने देखियो । 

श्रममन्त्रीले अब कर्मचारीलाई कसरी आफ्नो काममा उत्तरदायी, जिम्मेवार बनाउने र एक घण्टामै श्रम स्वीकृति जारी गर्न संधाको लागि सम्भव बनाउने भन्नेबारे अर्को उपाय निकाले । जुन उपायले उनि सफल पनि भए । परीक्षण गरेकै हिसाव अनुसार श्रम कार्यालयमा श्रम-स्वीकृति जारी गर्न खटिएका २५ जना कर्मचारीले खट्दा दैनिक ४ हजार भन्दा बढीको श्रम स्वीकृति जारी गर्न सकिने थियो । तर कर्मचारीलाई नियमित कामको दबाब पनि दिन नहुने बुझेर कम्तिमा गर्न सक्ने क्षमतालाई न्युनतम सिमामा झारे । कुनै कर्मचारीले छिटो र कसैले ढिलो काम गर्न सक्ने बुझेर उनले काम गर्न खटिने कर्मचारीलाई घण्टामा कम्तिमा १२ जनाको श्रम स्वीकृति जारी गर्न अनिवार्य रहेको निर्देशन दिए ।    त्यसको हिसाव अनुसार एकै कर्मचारीले दैनिक ८४ जनाको श्रम स्वीकृति जारी गर्न पर्ने भयो । यसै हिसाव अनुसार श्रम कार्यालयमा रहेका २५ जना कर्मचारीले काम गर्दा दैनिक २१०० जनाको श्रम स्वीकृति जारी गर्न सकिने क्षमता भयो । जुन हिसाव दैनिक आवेदन आउनेहरुको संख्याको तुलनामा कमनै हो । कम आवेदन आउने कुरा सार्वजनिक बिदाको दिन र कुनै कर्मचारी बिदामा बस्दा अर्को कर्मचारीलाई पर्ने कामको लोडलाई व्यवस्थापन गर्न पनि यसैबाट सहज भयो । 

एक घण्टामा श्रम स्वीकृति जारी गर्न घोषणा गरेर त्यसैको व्यवस्थापन गर्न सकेपछि हौसिएका श्रममन्त्री अर्याल मन्त्रालयको अन्य जिम्मेवारीलाई व्यवस्थापन गर्न पनि उत्तिकै उत्साहित देखिन्छन् । घोषणा अनुसार काम गर्न सकेको सम्बन्धमा गत आइतबार श्रम कार्यालय ताहाचलमा मन्त्री अर्यालले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले एक घण्टामै श्रम-स्वीकृति जारी गर्न सकेको सम्बन्धमा कर्मचारीहरुलाई नै त्यसको श्रेय जाने भन्दै पटक-पटक धन्यवाद दिए । पत्रकार सम्मेलनमै आफ्नो पछाडी सबै कर्मचारीलाई राखेर मन्त्री अर्यालले पटक-पटक नमस्कार गर्दै कर्मचारीहरुको सम्मान गरे । 

यस अघिको बेथितिको अन्त्यसंगै श्रम गर्न श्रम कार्यालयमा पैसा घुस खुवाउनुपर्छ भन्ने बिचौलियाहरु सलबलाउन छाडेका छन् । यता वैदेशिक रोजगारमा जाने युवाहरुले पाईरहेको अनावश्यक सास्तीको समेत अन्त्य भएको छ ।  

बाहिर जनमानशले आरोप लगाएजस्तो कर्मचारीले गर्दा देश बिग्रिएको कुरा आफूले नमान्ने मन्त्री अर्यालको धारणा छ । उनि भन्छन् ‘जुन देश बनाउन पनि कर्मचारीकै आवश्यक हुन्छ ।’  उनि अगाडी आफ्नो धारणा राख्छन् – ‘देशको नेतृत्व गर्ने ठाउँमा पुगेका नेतृत्वको स्वभाव र प्रवृत्तिले देश बिग्रिने हो । हरेक मन्त्रालयको नेतृत्वमा रहने पहिलो व्यक्ति अशल र इमान्दार रहने हो भने त्यसै अनुसार उसको कमाण्डमा रहेको कर्मचारीहरु समेत अशल र इमान्दार बन्छन् भन्ने उनको धारणा छ ।’ स्वार्थको राजनीति छोडेर जनताको आवश्यकताको लागि राजनीति गर्न आवश्यक रहेको उनको भनाई छ । 

वैदेशिक रोजगारमा रहेको आम बेथितिको सम्बन्धमा श्रममन्त्री अर्यालले धेरै बेथितिको समबन्धमा आफूलाई जानकारी आइरहेको र त्यसको बिरुद्धमा धेरै काम अघि बढिरहेको भन्दै समाधान दिदै जाने बताए । नेपालमै आन्तरिक रोजगारको लागि प्राथमिकता दिएर मन्त्रालयले काम गर्ने बताउने मन्त्री अर्यालले अहिलेको अवस्थामा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको धारणा राख्छन् । ‘मलाई ३/४ महिना कुर्नुपर्दैन हजुर, १/२ महिनामै धेरै समाधान भएको पाउनुहुन्छ’ श्रममन्त्री अर्यालको भनाई छ । 

तल हेर्नुहोस् गत आइतबार भएको पत्रकार सम्मेलनको भिडियो रिपोर्ट: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ