2026-08-22 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

चैत ३०, बारा | -सुरुचि भण्डारी | तीव्र हावाका कारण विहिबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ । 

शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले विहिबार साँझ ५८ मिनटपछिको खेल स्थगित गरि शुक्रबार विहान बाँकी खेल गर्ने निर्णय लिएका थिए । 

५८ औं मिनटबाट पुनः सुचारु भएको खेलको ७३ औं मिनटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । अनिश महर्जको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् ।

१–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका अनिश महर्जनको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो । 

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलीस क्लबसंग शनिबार हुने सेमीफाइनल खेल्नेछ । शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबका बिचमा पहिलो सेमीफाइनल खेल हुँदैछ । 

खेलको म्यान अफ दि म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो