२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेडीगोठमा आगलागी हुँदा गोठालाको मृत्यु

२०८०, ३० चैत्र शुक्रबार ११:५३

चैत ३०, हुम्ला। हुम्लामा भेडीगोठमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका– ८ रादेउमा बिहीबार राति भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको जलेर मृत्यु भएको हो।

आगलागीमा ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परेर ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोमा जलेर ऐडीको मृत्यु भएको जानकारी पाउनसाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।

प्रहरीले मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्मा लगाइएको निरीक्षक चन्दले बताए। भेडीगोठमा एक सय २० भेडा रहेकोमा ६० भेडा आगलागीमा परेर मरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना