2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा मोटरबाटोको रकम विद्यालयलाई

कृष्ण कँडेल/कात्तिक ७, बागलुङ । बागलुङको अधिकारीचौर वडा नम्बर–९ मस्तीका स्थानियले मोटरबाटो मर्मतका लागि छुट्यार्ईको रमक बचाएर विद्यालयलाई सहयोग गरेका छन् । 

वडावासीले श्रमदान गरि बाटो मर्मत गरेर गाविसबाट मोटरबाटो मर्मत शिर्षकमा छुट्याइएको ३० हजार रकम स्थानिय जनजागरण प्राथमिक विद्यालयलाई सहयोग गरेका हुन् ।  

वडाका ४६ घरधुरीले बुर्तिबाङ गाविसको सलामकोट देखि मस्ती हुँदै देविस्थानको अर्नाकोट देउरालीसम्मको मोटरबाटो श्रमदान गरि मर्मत गरेर उक्त रकम जोगाएको वडा नागरिक मञ्चका अध्यक्ष राजबहादुर कुँवरले जानकारी दिए । 

विद्यालय सञ्चालनका लागि रकम अभाव भएपछि मोटरबाटो श्रमदान गरि मर्मत गरेर विद्यालयलाई रकम दिर्ईएको उनको भनाई छ । कक्षा ३ सम्म पढाई हुने विद्यालयमा १ जना शिक्षिका र एकजना कार्यालय सहायक मात्र छन् । 

कार्यालय सहायकको तलब स्थानिय स्रोतबाट खुवाउने गरि नियुक्त गरिएको छ । विद्यालयको आर्थिक स्रोत नभएका कारण तलब भत्ता खुवाउन समस्या भएपछि स्थानियवासीले यस्तो उपाय निकालेका हुन् ।

सवै कक्षाहरु १ जना शिक्षक र कार्यालय सहायकको भरमा चलाउनुपर्ने भएकाले बहुकक्षा शिक्षण गर्नेपर्ने बाध्यता रहेको प्रधानाध्यापक प्रेमकुमारी कुँवरले जानकारी दिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई