१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार तयार

४ बैशाख २०८१, मंगलवार १०:५८

बैशाख ४, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीबिच शिष्टाचार भेट भएको छ।

भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे। ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौँ। त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्रीले भने।


त्यस्तै, कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद दिए। ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु। कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ। जुन प्रसंशनिय छ,’ उनले भने।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए।

कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको बताए। त्यसैले नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनले स्पष्ट पारे। ‘नेपाली श्रमिकको सिप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस। हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने।

भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बिषयमा पनि छलफल भएको थियो।

कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन्। जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ। कतारले आप्रवासी श्रमिकको लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो