गणेश पौडेल /कार्तिक ७ पर्वत     
     रोटरी इन्टरनेशनल आर आई डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर जया राज्य लक्ष्मि शाहको रोटरी क्लव अफ पर्वतको अफिसियल डिजी भिजीट कार्यक्रम सम्पन्न भएको छ ।
गभर्नर शाहको बार्षिक कार्य तालिका तथा क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश पौडेल /कार्तिक ७ पर्वत     
     रोटरी इन्टरनेशनल आर आई डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर जया राज्य लक्ष्मि शाहको रोटरी क्लव अफ पर्वतको अफिसियल डिजी भिजीट कार्यक्रम सम्पन्न भएको छ ।
गभर्नर शाहको बार्षिक कार्य तालिका तथा क्"/>
2026-09-19 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोटरी क्लव अफ पर्वतको डिजी भिजिट कार्यक्रम सम्पन्न

गणेश पौडेल /कार्तिक ७ पर्वत     
     रोटरी इन्टरनेशनल आर आई डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर जया राज्य लक्ष्मि शाहको रोटरी क्लव अफ पर्वतको अफिसियल डिजी भिजीट कार्यक्रम सम्पन्न भएको छ ।
गभर्नर शाहको बार्षिक कार्य तालिका तथा क्लवको कार्य योजना अनुरुप सो भिजिट शनिवार कुश्मा बजारमा सम्पन्न भएको हो ।
      रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेलको अध्यक्षताका सम्पन्न भएको सो भिजीट कार्यक्रममा क्लवले हालसम्म गरेका विभिन्न गतिविधिहरुको बारेमा क्लवका बिभिन्न कमिटि का कमिटि चेयरहरुले गभर्नर शाह समक्ष रिपोर्ट प्रश्तुत गरेका थिए । रिपोर्ट प्रश्तुछ पछाडी क्लव ले जिल्लामा निकै नै महत्वपुर्ण काम गरेको भन्दै आगामि दिनहरुमा थप कार्ययोजनाका साथमा अगाडि बढनका लागि सुझाव समेत दिनुभएको थियो ।
     गभर्नर शाहले रोटरी आँफु र आफ्नो परिवार भन्दा पनि समाजलाई नजिक देख्ने संस्था भएकाले क्लवमा कुनै पनि स्वार्थ बाट प्रेरित नभईकन काम गर्नका लागि निर्देशन दिनुभएको थियो । रोटरी फाउण्डेसनकै इतिहासमा नेपाल बाट सबै भन्दा धेरै रकम अर्थात २ करोड ६८ लाख रुपैयाँ दान गर्ने दानविर समेत रहनुभएका शाहले रोटरी क्लव पर्वतले आफ्नो सोच अनुसारनै काम गरेको भन्दै प्रेरणा स्वरुप क्लवलाई २ लाख रुपैया प्रदान गर्ने घोषणा गर्नुभएको छ । सोही प्रसंगमा बोल्दै शाहले जिल्लाका एक सय जना पाठेघर पिडित महिलाको नि शुल्क सल्यकृया गरिदिने समेत प्रतिवद्धता प्रकट गर्नुभएको छ ।
       सोहि अवसरमा विशिष्ठ अतिथि तथा क्लवका सल्लाहकार माननिय सांसद कल्पना चापागाँईले सामाजिक क्षेत्रमा अत्यन्त सकृय सहेको अन्तराष्ट्रिय संस्थाको सल्लाहकार हुन पाएको मा आँफुलाई गर्वलागेको भन्दै, रोटरी इतिहासमा पहिलो महिला डिष्ट्रिक गभर्नर शाह ज्यू बाट महिला संबेदना संग सम्वन्धित स्वस्थ्योपचारका लागि चासो राख्नुभएकोमा खुशी ब्यक्त गर्दै रोटरी क्लव अफ पर्वत संग समन्वय गरेर महिला बालबालिका तथा स्वस्थ्यको क्षेत्रमा १० लाख रुपैंया बरावरको कार्यक्रम गर्ने प्रतिबद्धता समेत प्रकट गर्नुभएको छ ।
      क्लवका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले जिल्लामा रोटरीले एउटा बेग्लै पहिचान बनाउन सकेकोमा  आँफु गर्बवान्वित भएको भन्दै महिला गभर्नर बाट महिला तथा बालबालिकाका स्वास्थका विषयमा प्रसंग आउनु थप उदाहरणीय भएको भन्दै सोही क्षेत्रमा काम गर्न रोटरी क्लव अफ पर्वतलाई एक लाख रुपैयाँ हस्तान्तरण गर्ने घोषणा गर्नुभयो ।
      डिष्ट्रिक ३२९२ का सचिव नन्दराम बैद्य तथा एसिष्टेन गभर्नर सुवास सिग्देल सहभागि रहनुभएको सो कार्यक्रममा संस्थापक अध्यक्ष प्रसाईको स्वागत रहेको थियो । कार्यक्रमा क्लवका पुर्व अध्यक्ष गोपी अधिकारी , शिव शर्मा पौडेल, प्रेम प्रसाद पौडेल तथा निबर्तमान अध्यक्ष गणेश बहादुर क्षेत्रीले क्लवका विगत र बर्तमान अवस्थाका बारेका जानाकारी गराउनुभएको थियो । सांसद चापागाईले धन्यवाद मन्तब्य सहित अतिथिलाई पर्वतको सम्झना प्रदान गर्नुका साथै विदाई गर्नु भएको थियो ।
     स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिका सेबामा सकृय रोटरी क्लवले मानब जीवन संग प्रत्यक्ष सरोकार राख्ने मुख्य छ वटा विषयमा काम गरिरहेको छ । क्लवले विगत ६ बर्ष अगाडी देखि जिल्लामा सकृयता पुर्वक काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो