2026-07-24 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुष्पाः २, जसले रिलिज अघि नै कमाउन सक्छ १ हजार करोड

बैशाख ५, मुम्बई | कुनै पनि फिल्मको लागि आफ्नो बजेटको काम गर्नु धेरै महत्त्वपूर्ण छ। कतिपय फिल्म यस्ता छन् जसले बक्स अफिसमा धेरै कमाइ गर्छन् । 

तर, केही फिल्म यस्ता छन् जसले रिलिज हुनुअघि नै करोडौंको व्यापार गर्छन् । आज हामी तपाईलाई एउटा यस्तो फिल्मको बारेमा बताउन गइरहेका छौँ जुन अहिलेसम्म रिलिज पनि भएको छैन तर रिलिज हुनुअघि नै यसले १००० करोड क्लबमा प्रवेश गर्न सक्ने बताइएको छ । यो कुन फिल्म हो भनौं त ?

वास्तवमा हामीले जुन चलचित्रको कुरा गरिरहेका छौं, त्यो हो बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ । हो, अल्लु अर्जुनको यो फिल्मलाई लिएर मानिसमा फरक क्रेज रहेको छ र फ्यानहरु यो फिल्मको रिलिजको लागि आतुर छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्मको बजेट ५ सय करोड रहेको बताइन्छ तर रिलिज अगावै फिल्मले ठूलो कमाई गर्न सक्छ ।

रिपोर्टका अनुसार फिल्मले आन्ध्र र तेलंगानामा मात्रै २०० करोडको प्रि रिलिज वितरण अधिकार मागेको छ। पुष्पाको पहिलो पार्टलाई दर्शकले निकै रुचाएका थिए र यो फिल्मले पनि बक्स अफिसमा कमाल गरेको थियो । फिल्मले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरेको थियो । यसैलाई मध्यनजर गर्दै अब फिल्मले २०२४ मा पनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच इन्डिया टुडेको रिपोर्टलाई विश्वास गर्ने हो भने ट्रेड स्रोतले फिल्मको प्रि रिलिज व्यापार पहिले नै एक हजार करोड भारु पार गर्न सक्ने बताइएको छ। फिल्म रिलिज हुन अझै चार महिना बाँकी छ । पुष्पको समग्र प्रि रिलिज ब्यापार राम्रो रह्यो भने पठान, गदर २ र एनिमल जस्ता ब्लकबस्टर फिल्मसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक