2026-09-07 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पुटिनले गरे इरानी समकक्षीसँग टेलिफोन बार्ता, सयंमता अपनाउन आग्रह

बैशाख ५, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति इब्राहिम रायसीबिच फोन बार्ता भएको छ । 

सिरियास्थित बाणिज्य दुतावासमा इजरायलले गरेको हमलाको प्रतिबाद गर्दै इरानले जवाफी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको केही दिनमा रूसी राष्ट्रपतिले फोन बार्ता गरेका हुन् ।

इजरायलले संयमता अपनाउनु पर्ने पुटिनले मंगलबार इरानी राष्ट्रपति इब्राहिम रायसीसँग फोन वार्तामा टिप्पणी गरेका छन् । दुवै नेताले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा इरानी वाणिज्य दूतावासमा इजरायली आक्रमण पछि क्रेमलिनले इरानले उठाएका प्रतिशोधात्मक उपायका बारेमा छलफल गरेको अल जजिराले जनाएको छ ।

पुटिनले सबै पक्षहरूलाई नयाँ द्वन्द्व सुरु गर्ने कार्यबाट टाढा रहन आग्रह गरेका छन । जुन सम्भावित युद्दले मध्य पूर्वको लागि विनाशकारी परिणाम ल्याउनेछ, क्रेमलिनले भनेको छ ।

इरानले दमास्कसमा इजरायली हमलाको जवाफमा शनिबार इजरायलमा सयौं ड्रोन र मिसाइलहरू प्रहार गरेर प्रतिक्रिया दिएको हो । इजरायली हमलामा  दुई जनरलसहित इस्लामिक क्रान्तिकारी गार्ड कोरका सात अधिकारीहरूलाई मारिएका थिए ।

पुटिनले इरानको आक्रमणको बारेमा आफ्नो पहिलो सार्वजनिक रूपमा प्रसारित टिप्पणीमा भने, ‘मध्यपूर्वमा वर्तमान अस्थिरताको मूल कारण इजरायल–प्यालेस्टाइनको निरन्तर संघर्ष हो।’

‘भ्लादिमिर पुटिनले आशा व्यक्त गरे कि सबै पक्षले उचित संयम देखाउने छन् र सम्पूर्ण क्षेत्रका लागि विनाशकारी नतिजाहरूले भरिएको टकरावको नयाँ चरणलाई रोक्नेछन्,’ क्रेमलिनले भने।

‘इब्राहिम रायसीले नोट गरे कि इरानको कार्य बाध्यकारी र प्रकृतिमा सीमित थियो,’ क्रेमलिनले भन्यो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ