८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सन्डेक्लमा पत्रकार महिलाको पेशागत सुरक्षाबारे छलफल

७ कार्तिक २०७३, आईतवार १४:५५

मकवापनुर,७ कार्तिक

क्रियाशील पत्रकार महिला मकवानपुरको आयेजनामा आज आईतबार हेटौंडामा सन्डेक्लब अन्तर्गत महिला पत्रकारको पेशागत सुरक्षाका विषयमा छलफल भएको छ । क्रियाशील पत्रकार महिला मकवानपुरका अध्यक्ष रञ्जिता डंगोलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् नानीमैया विष्ट, महासंघका जिल्ला सचिव कृष्ण सारुमगर, सहसचिव कुमार अधिकारी, सदस्य अशोकसुजन श्रेष्ठ, सुरेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्रियाशील पत्रकार महिला मकवानपुरकी सहसचिव भावना रिजाजलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीहरुले वर्तमान अवस्थामा पेशागत सुरक्षाको परिभाषा फरक रुपमा बुझ्न जरुरी रहेको बताएका छन् । अग्रज महिला पत्रकारले सामाजिक संस्कार, चिन्तन तथा मूल्य मान्यता र भौतिक सुरक्षा जस्ता जोखिम भोग्नुपरेको भएपनि हाल आएर महिला पत्रकार भन्ने नौलो कुरो नरहेको सहभागीहरुको धारणा थियो ।

वरिष्ठ पत्रकार प्रताप विष्टले पत्रकार महिला स्थापित भइसकेकाले अब आफ्नो क्षमता बृद्धि गर्दै पत्रकार महिलाले आफूलाई बजारको प्रतिस्पर्धामा ल्याउनुपर्ने बताउँदै सञ्चार माध्यमको उपयोग गरी महिला पत्रकारले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै, महासंघका केन्द्रीय पार्षद नानीमैया विष्टले संविधानले प्राथमिकता दिएजस्तै पत्रकार महिलाको क्षमता विकासका लागि महासंघले विशेष कार्यक्रम लागु गर्न सुझाव दिनुभयो । कार्यक्रमका सहभागीहरुले हालसम्म पत्रकार महिलाका लागि महासंघले खेलेको भूमिका, पत्रकार महिलाको पारिश्रमिक, आगामी योजना र महासंघको सदस्यता वितरणमा महिला पत्रकारको स्थान जस्ता विषयमा जिज्ञासा राखेका थिए । जवाफमा महासंघका सचिव कृष्ण सारुमगरले हालसम्म तालिम तथा गोष्ठीहरुमा सहभागिताका लागि प्राथमिकता दिइएको र विशेष कार्यक्रमबारे आगामी दिनमा योजना बनाइने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता