कात्तिक ७, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालिका बलात्कार गर्ने दाजुभाइ २३ वर्ष पछि पक्राउ

७ कार्तिक २०७३, आईतवार १५:२३

कात्तिक ७, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी कवासोती नगरपालिका ३ का ४५ बर्षीय प्रेम भण्डारी र उनका भाइ ४२ बर्षीय जर्नादन भण्डारी रहेका छन् ।

वि.सं २०५० साल जेष्ठ २३ गते जिल्ला अदालत नवलपरासीबाट उनीहरुमाथि जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजायको फैसला भएको थियो । प्रहरीका अनुसार पक्राउ परेका प्रेम र जर्नादनले सोही स्थानकी एक १४ बर्षीय बालिकालाई मकैबारीमा जबरजस्ती करणी गरेका थिए ।

पीडितले घटनाको विषयमा प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रेम र जर्नादन फरार भएको घटनाको अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी राजेश थापाले बताए ।

उनका अनुसार उनीहरु फरार भएको १० वर्ष पछि घर फर्किएको र पुन भारत गएका थिए । त्यसपछि पटक पटक घर आउने जान लागेको सूचना पाएपछि प्रहरीले अनीहरुमाथि निगरानी राख्दै पक्राउ गर्न सफल भएको डिएसपी थापाले जानकारी दिए ।

‘उनीहरु घर आउने जाने गरेको हामीलाई सूचना आएपछि तत्काल हामीले घटनाको फाइल खोलेर अध्ययन गर्यौं’ डिएसपी थापाले अनलाइनखबरसँग भने, ‘हामीले घटनालाई गम्भीरताका साथ लिएर उनीहरुमाथि निगरानी गरी कवासोतीबाट पक्राउ गर्न सफल भयौं ।’ पक्राउ परेका दुवैलाई नवलपरासी अदालतमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता