2026-09-06 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

बैशाख ८, पेरिस | फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  ।

शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर कार्यालयले एक व्यक्ति गोला बारुद लिएर प्रवेश गरेको रिपोर्ट गरेपछि उनलाइ पक्राउ गरेका थिए ।’

सन् १९६३ मा इरानमा जन्मेका संदिग्धलाई प्रहरीले भित्रबाट ‘हिंसक कारबाहीको धम्कीू दिएको देखिएपछि आफ्नै सहमतिबाट बाहिरिएपछि पक्राउ गरेको एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीले जनाएको छ ।

तर यस घटनामा भने कुनै पनि विस्फोटक पदार्थ भेटिएको छैन, न उनीसँग न त उनको कारमा वा भवनमा नै कतै पनि नभेटिएको अभियोजनकर्ताहरूले जनाएका छन ।

एक प्रहरीका अनुसार ती व्यक्तिलाई बिहान ११ बजे कन्सुलर कार्यालयमा प्रवेश गरेको सिसिटभी फुटेजमा देखिएको थियो, जसमा ग्रेनेड र विस्फोटक भेस्ट लगाएको जस्तो देखिन्थ्यो त्यसपछि प्रहरीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो ।

उक्त व्यक्ति पछि कार्यालय छाडेर भाग्न खोजे पछि पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार गत सेप्टेम्बरमा भएको घटनामा इरानी दूतावास नजिकै आगजनी गर्ने प्रयास गरेको आशंकामा पक्राउ परेका उही व्यक्ति आज पनि अर्को प्रयास गरेको खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ