१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा

८ बैशाख २०८१, शनिबार ०२:५१

बैशाख ८, टोरोन्टो | क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । 

पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ । 

प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२.५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती थियो |

गत वर्ष अप्रिल १७ मा सुनको डण्डी र २२ करोड क्यानेडियन डलरभन्दा बढीको विदेशी मुद्रा बोकेको एयर कार्गो कन्टेनर नक्कली कागजात प्रयोग गरेर चोरी भएको प्रहरीले जनाएको थियो । स्विजरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमार्फत सो सुन र मुद्रा ल्याइएको हो ।

प्रहरीका अनुसार यस डकैतीमा एयर क्यानडाका दुई पूर्व कर्मचारीको नाम पनि बाहिर आएको छ । उनीहरु मध्ये एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । दोस्रो व्यक्तिलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ। यसै क्रममा प्रहरीले बुधबार धेरैलाई पक्राउ गरी यसबारे खुलासा गरेको थियो ।

आरोपितहरुको नाम परमपाल सिद्धु (५४) र अमित जलोटा (४०), अम्माद चौधरी (४३), अली रजा (३७) र प्रसाद परमालिंगम (३५) रहेका छन् । जसमध्ये परमपाल र अमित जलोटा भारतीय मूलका हुन् । चोरीका बेला सिद्धु एयर क्यानडामा काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग