2026-10-23 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी अदालत अगाडी एक व्यक्तिले आफैमाथि आगो लगाएपछि…

बैशाख ९, काठमाडौँ | अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

आगो लगाउने व्यक्तिको नाम म्याक्सवेल अजरेलो थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । न्युयोर्क प्रहरीका अनुसार उक्त व्यक्तिले आफूलाई किन आगो लगाएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

म्याक्सवेलले आगो लगाउनुअघि केही पर्चा हावामा फालेका थिए । ति पर्चामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प एकअर्कालाई भेट्दैछन् भन्ने लेखिएको थियो । उनीहरू दुवै अमेरिकामा फासीवाद ल्याएर हाम्रो प्रणालीलाई उखाल्न चाहेको उल्लेख थियो । 

म्याक्सवेलले आफूसँगै ज्वलनशील पदार्थ भएको क्यान ल्याएको र क्यानमा राखिएको ज्वलनशील पदार्थ आफैंमा छर्केर आगो लगाएको बताइएको छ । न्यूयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीका अनुसार उक्त व्यक्ति फ्लोरिडाका बासिन्दा थिए, जो एक साताअघि मात्रै न्यूयोर्क आएका थिए र उनको परिवारलाई समेत यसबारे जानकारी थिएन ।

उनको कुनै आपराधिक रेकर्ड नभएको प्रहरीले जनाएको छ । प्रहरीले पर्चा र क्यानमाथि अनुसन्धान गरिरहेको छ । उक्त व्यक्तिले आफूलाई आगो लगाउनुअघि केही नबोलेको प्रत्यक्षदर्शीले बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने