2026-06-28 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानमा इजरायल आक्रमणको स्याटेलाइट तस्बिर सार्बजनिक

बैशाख ९, काठमाडौँ | इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्बजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ ।

शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । तर, इरानले इजरायलको आक्रमणलाई अस्वीकार गर्दै इरानी सैन्य आधारमा कुनै क्षति नभएको बताएको छ ।

इरानको इस्फाहान सहरमा रहेको एयर बेसमा रहेको एयर डिफेन्स सिस्टम ध्वस्त भएको देखिएका दुईवटा तस्बिरको विविसीले गरेको विश्लेषणमा इरानको एयर बेसमा नोक्सान पुगेको पाइएको छ ।

अमेरिकी अधिकारीहरूले इजरायलले इरानमाथि मिसाइल हमला गरेको दाबी गरे पनि इजरायलले यसबारे कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । पछिल्लो समय इजरायल र इरानबीच तनाव बढेको छ ।

गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमाण्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सय भन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो । यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए। इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ ।

शुक्रबार इरानमा इजरायलले हमला गरेपछि इजरायलले कुन इरानी स्थानलाई निशाना बनाएको भन्ने प्रश्न उठिरहेको छ । इस्फाहान इरानको आणविक कार्यक्रमको केन्द्र पनि हो।

इजरायलले आफ्नो आक्रमणमा कुन प्रकारको हतियार प्रयोग गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर स्याटेलाइट तस्विरमा एयरबेसमा क्षति पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी