2026-06-27 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

माल्दिभ्स निर्वाचनः ‘भारत बिरोधी’ राष्ट्रपति मुइज्जुको पार्टीलाइ प्रचण्ड बहुमत

बैशाख १०, माले | माल्दिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले भारी बहुमत हासिल गरेको छ । 

आफ्नो देशवाट भारतीय सेना हटाउने राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसदको ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ । मतगणना अझै जारी छ । यो चुनाव बेइजिङ समर्थक राष्ट्रपति मुइज्जुका लागि निकै महत्वपूर्ण मानिएको छ ।

माल्दिभ्समा प्रभाव बढाउन खोजिरहेका भारत र चीनले संसदीय निर्वाचनको नतिजालाई नजिकबाट हेरिरहेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । माल्दिभ्स विकास गठबन्धन र जहुरी पार्टीले एक–एक सिट पाएका छन् ।

स्थानीय समय अनुसार हिजो बिहान ८ बजे सुरु भई साँझ ५ः३० बजेसम्म चलेको थियो । साँझ ५ः३० बजे मतदान सकिएसँगै निर्वाचन अधिकारीहरूले देशभरका ६ राजनीतिक दल र स्वतन्त्र समूहले ९३ सिटका लागि ३ सय ६८ उम्मेदवारलाई उम्मेदवारी दिएका थिए । पिपुल्स नेसनल कंग्रेसले ९० सिटमा उम्मेदवारी दिएको थियो भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले ८९ सिटमा उम्मेदवारी दिएको छ ।

मालदिभ्स हिन्द महासागरमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा अवस्थित छ। यस्तो अवस्थामा भारत र चीनले माल्दिभ्समा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् । मुइज्जु राष्ट्रपति बनेपछि भारत र चीनबीचको द्वन्द्व बढेको थियो । यसअघि निर्वाचित भए लगत्तै मुइज्जुले चीन समर्थक अडान अपनाए र देशको एउटा टापुमा तैनाथ भारतीय सेना हटाउन काम गरेका थिए ।

राष्ट्रपति पदका लागि मुइज्जुको चुनावी अभियान ‘एक्जिट इण्डिया’ भन्ने विषयवस्तुमा आधारित थियो, जसमा उनले पूर्व राष्ट्रपतिमाथि भारतलाई धेरै महत्त्व दिएर राष्ट्रिय सार्वभौमसत्तामा सम्झौता गरेको आरोप लगाएका थिए। माल्दिभ्समा कम्तिमा ७५ भारतीय सैनिक तैनाथ गरिएको थियो र भारतले उपहार  दिएका दुईवटा विमान चलाएको थियो र साथै समुद्रमा फसेका वा प्रकोपको सामना गरिरहेका मानिसहरूको उद्धार कार्यमा सहयोग पुर्‍याएको थियो। मुइज्जुले यी सेनाका कर्मचारीहरूलाई हटाउने दिशामा कदम चालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट