2026-06-29 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

बैशाख १०, बेइजिङ | चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । 

जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन ।

चीनले चन्द्रमाको पुर्ण नक्सा जारी गरे पछि भविष्यमा चन्द्रमाको अनुसन्धान र अन्वेषणका लागि निकै उपयोगी हुने बैज्ञानिकहरूले जनाएका छन् ।

चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यो भौगोलिक एटलस सेटमा लुनार ग्लोबको भूगर्भीय एटलस र चन्द्रमाको भौगोलिक एटलसको नक्सा चतुर्भुजहरू समावेश गरिएको चिनियाँ एकेडेमी अफ साइन्सेस (सिएअस) को जियोकेमिस्ट्री संस्थानले जनाएको छ ।

'चन्द्रमाको भौगोलिक एटलस चन्द्रमाको विकासको अध्ययन गर्न, भविष्यको चन्द्र अनुसन्धान स्टेशनको लागि साइट चयन गर्न र चन्द्र स्रोतहरू प्रयोग गर्नको लागि ठूलो महत्त्वको हुने उसको दावी रहेको छ । ‘यसले हामीलाई पृथ्वी र सौर्यमण्डलका अन्य ग्रहहरू राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ, जस्तै मंगल ग्रहको पनि’ ओइयु जियाङले भने । उनी सिएअसका शिक्षाविद् र एक प्रसिद्ध चन्द्रमा वैज्ञानिक हुन्।

‘विगतका दशकहरूमा चन्द्रमा अन्वेषण र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा विश्वले महत्त्वपूर्ण प्रगति देखेको छ, जसले चन्द्रमाको बारेमा हाम्रो बुझाइमा धेरै सुधार गरेको छ। यद्यपि अपोलो युगमा प्रकाशित चन्द्र भूगर्भीय नक्साहरू लगभग आधासम्म परिवर्तन भएका छैनन्, शताब्दी पुरानो सो नक्साले अझै पनि चन्द्र भूवैज्ञानिक अनुसन्धानको लागि प्रयोग भइरहेको छ तर ती पुराना नक्साहरूले भविष्यको वैज्ञानिक अनुसन्धान र चन्द्र अन्वेषणको आवश्यकताहरू पूरा गर्न सक्दैन थिए,’ जियोकेमिस्ट्री संस्थानका वरिष्ठ अनुसन्धानकर्ता लिउ जियानझोङले भने।

अब चीनले चन्द्रमाको पुर्ण नक्सा प्रकाशित गरे पछि चन्द्रमाका बारेमा अनुसन्धान गर्न, खोज गर्नका लागि थप सहज हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी