2026-08-22 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

छैठौं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने

बैशाख १०, काठमाडौँ | स्वस्थ नेपालको परिकल्पनालाई आत्मसात गर्दै नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले छैठौं संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता आगामी शनिबार आयोजना गर्ने भएको छ । एक बिज्ञप्ती जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी उक्त जानकारी गराएको हो ।

काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा हुने प्रतियोगितालाई बजाजको सु–प्रसिद्ध मोटर बाइक ब्रान्ड पल्सरले सहयोग गर्ने आयोजकले जनाएका छन् । वल्र्ड पावरलिफ्टिङ्गको र युरोपियन स्ट्रीट लिफ्टिङ्ग महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट २५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले प्रेश बिज्ञप्तीमा जनाएका छन् । प्रतियोगितालाई थप आकर्षक र सहज बनाउने अभिप्रायले सर्किट र बार गरि दुईवटा विद्यामा विभाजन गरिएको छ ।

जसमा सर्किट विद्यालाई खुल्ला महिला सर्किट, खुल्ला पुरुष सर्किट, जुनियर सर्किट (१९ वर्ष मुनि), पुरुष सर्किट मास्टर्स ४५+ वर्ष  र महिला सर्किट मास्टर्स ४०+ वर्ष गरि ५ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसैगरी बार विद्यालाई खुल्ला महिला बार, खुल्ला पुरुष बार, जुनियर बार (१६ वर्ष मुनि) गरि ३ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसरी यस प्रतियोगितामा कुल ८ वटा विभिन्न समुहमा सहभागी खेलाडीहरु बिच प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको अघिल्लो दिन अर्थात वैशाख १४ गते एथलेट ब्रीफिङ्ग, ट्याग नंम्बर वितरण गरिनेछ र प्रतियोगिताको दिन अर्थात वैशाख १५ गते सर्किट र बार विद्या अन्तर्गतको माथी उल्लेखित समूहमा सहभागी खेलाडीहरु बिच प्रतिस्पर्धा गराउनुका साथै दर्शक महानुभावहरुलाइ समेत समावेश गराउने गरि फिटनेस संग सम्बन्धित टोल टोलमा फिटनेस कार्यक्रम साथै अन्य थुप्रै खेलहरु समेत आयोजना गरिनेछ र सोही दिन औपचारिक कार्यक्रम गरि प्रतिस्पर्धाको अन्तिम नतिजा सार्वजनिक गर्दै विजेताहरुको नाम घोषणा गरिनेछ बिज्ञप्तीमा जनाईएको छ ।

अनुमानित बजेट २५ लाख ५० हजार रहेको प्रतियोगिताको प्रतिस्पर्धामा सर्किट र बार विद्याको प्रत्येक समुह अन्तर्गतको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप क्रमश २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार साथै मेडल ट्रोफी, समुहगत विभिन्न उपाधी र आकर्षक उपहारहरुबाट पुरस्कृत गरिनेछ । साथै विभिन्न समुह अन्तर्गतको खेलहरुमा शिर्ष पाँचौ स्थानसम्म हासिल गर्न सफल खेलाडीहरुले प्रतिनिधित्व गर्ने एक क्लब÷संघ÷संस्थाले प्राप्त गर्ने अंकको मुल्यांकन गर्दा बढी अंक प्राप्त गर्न सफल क्लबलाई यस वर्षको स्ट्रोङ्गेस्ट क्लब घोषणा गरिनेछ ।

प्रतियोगिताको संस्थाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह