कार्तिक ८ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत यतिबेला नागरिकको घरदैलोमा पुग्न थालेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वत कुश्मा नगरपालिका १३ कटुवाचौपारीका नागरिकका घरदैलोमा सचेतना जगाउँदै पुगेको हो । चाडपर्वको बेलामा जाडँ रक्सी तथा"/>
कार्तिक ८ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत यतिबेला नागरिकको घरदैलोमा पुग्न थालेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वत कुश्मा नगरपालिका १३ कटुवाचौपारीका नागरिकका घरदैलोमा सचेतना जगाउँदै पुगेको हो । चाडपर्वको बेलामा जाडँ रक्सी तथा जुवा तास वाट निम्तिन सक्ने बिभिन्न अपराधिक गतिविधिलाई निरुत्साहित गर्नको लागि जिल्ला प्रहरी कार्यालय, समुदायिक सेवा केन्द्र कुश्मा र अस्थाई प्रहरी चौकी कुश्माको संयुक्त आयोजनामा नागरिकको घरदैलोमा पुगी सचेतना अभियान संचालन गरेको प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए ।
प्रहरी नागरिकको घरदैलो अभियानका क्रममा कटुवाचौपारीमा गैह् कानूनी तबरबाट संचालनमा आएका पसल तथा होटल, घरेलु मदिरा उत्पादन गर्ने ठाउँको समेत अनुगमन गरिएको र पसल तथा होटललाई बैधानिकता दिन र घरेलु मदिरा उत्पादन हुने ठाउँमा मदिरा उत्पादन रोक्नको लागि पहिलो पटक सुझाव दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लामा पछिल्लो पटक जिल्ला अदालतले विभिन्न शिर्षकका कसुर फैसला गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउने कार्यलाई समेत अगाडि बढाएको छ । साथै जिल्लाका विभिन्न स्थानमा गाँजा फडानी समेत गरेको छ भने चाडपर्वलाई लक्षित गरी अपराधि पक्राउ गर्नको लागि र जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि अम्रेला मिशन समेत चलाएको छ । जसबाट महिनादिनमा ४० भन्दा बढि फरार अभियुक्त प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।