2026-08-22 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?

बैशाख ११, काठमाडौँ | जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ ।

अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्याएका छन् । अहिले राजस्थान १४ अंक सहित शिर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै ८-८ अंक हासिल गरेर चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले पनि आफुलाई प्लेअफमा पुर्याउने दौडमा रहेका छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनमा सबैभन्दा बढी ७ खेलमा हार बेहोरेको छ भने अब प्लेअफको दौडबाट लगभग बाहिरिएको छ । अब बाँकी रहेका सबै ६ खेल जितेमा पनि बैंगलुरुको १४ अंक हुने छ, जुन प्लेअफका लागि पर्याप्त हुदैन ।

त्यस्तै पञ्जाव किंग्सले यस सिजनमा ६ खेलमा हार बेहोरेर प्लेअफको सम्भावनालाई कठिन बनाएको छ । खेल्न बाँकी रहेका सबै ६ खेल जितेमा पञ्जावको १६ अंक हुने छ, जुन अलि असम्भव देखिन्छ । त्यसैगरी दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्ले यस सिजनमा ५-५ खेल हारेर कठिन अवस्थामा पुगेका छन् । ६-६ अंकसहितसातौँ र आठौं स्थानमा रहेका दुवै टिमले प्लेअफमा ठाउ बनाउन बाँकी सबै खेल जित्नुपर्ने अवस्था बनेको छ । 

यसरी प्रतियोगिताका आधा खेल सकिदा शिर्ष तीन स्थानमा रहेका राजस्थान, कोलकोता र सनराइजर्स प्लेअफमा पुग्ने सम्भावना बढी देखिएको छ भने चौथो स्थानका लागि चेन्नई, लखनउ र गुजरातको भिडन्त हुने देखिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह