३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?

११ बैशाख २०८१, मंगलवार ०७:४७

बैशाख ११, काठमाडौँ | जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ ।

अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्याएका छन् । अहिले राजस्थान १४ अंक सहित शिर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै ८-८ अंक हासिल गरेर चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले पनि आफुलाई प्लेअफमा पुर्याउने दौडमा रहेका छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनमा सबैभन्दा बढी ७ खेलमा हार बेहोरेको छ भने अब प्लेअफको दौडबाट लगभग बाहिरिएको छ । अब बाँकी रहेका सबै ६ खेल जितेमा पनि बैंगलुरुको १४ अंक हुने छ, जुन प्लेअफका लागि पर्याप्त हुदैन ।

त्यस्तै पञ्जाव किंग्सले यस सिजनमा ६ खेलमा हार बेहोरेर प्लेअफको सम्भावनालाई कठिन बनाएको छ । खेल्न बाँकी रहेका सबै ६ खेल जितेमा पञ्जावको १६ अंक हुने छ, जुन अलि असम्भव देखिन्छ । त्यसैगरी दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्ले यस सिजनमा ५-५ खेल हारेर कठिन अवस्थामा पुगेका छन् । ६-६ अंकसहितसातौँ र आठौं स्थानमा रहेका दुवै टिमले प्लेअफमा ठाउ बनाउन बाँकी सबै खेल जित्नुपर्ने अवस्था बनेको छ । 

यसरी प्रतियोगिताका आधा खेल सकिदा शिर्ष तीन स्थानमा रहेका राजस्थान, कोलकोता र सनराइजर्स प्लेअफमा पुग्ने सम्भावना बढी देखिएको छ भने चौथो स्थानका लागि चेन्नई, लखनउ र गुजरातको भिडन्त हुने देखिन्छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट