३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जारी आइपिएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?

१२ बैशाख २०८१, बुधबार ०५:३९

बैशाख १२, काठमाडौँ | जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रनको बर्षा भएको छ । ३२० ओभरमा २०० रन सामान्य बनेको छ । आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रङ यस आइपिएलमा बनेको छ । सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठुलो टोटल २८७ रन बनाएको छ । त्यसपछि २७७ रनको टोटल पनि उसकै नाममा रहेको छ । त्यस्तै कोलकोताले २७२ रन बनाएको छ ।


त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आइपिएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।

त्यस्तै यस आइपिएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् ।

त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान रुतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन् ।

         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट