३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्वर्ण बिजेता खेलाडी आदेश प्रायोजकको खोजीमा

१३ बैशाख २०८१, बिहीबार ०३:३८

बैशाख १३, रौतहट | बिगतमा ग्रामीण भेगका युवाहरु माझ खेल प्रति खासै रुचि नरहेपनि पछिल्लो समय नेपालमा क्रिकेटसँगै युवाहरुको अन्य खेल प्रति पनि आकर्षण बढ्दै गएको छ। तर साधन स्रोतको अभावमा केही राम्रो गर्ने चाहना हुँदा हुँदै पनि खेललाई निरन्तरता दिन युवाहरुको लागी ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ।

रौतहट कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव गत हप्ता काठमाडौंमा भएको १४औं राष्ट्रपति रनिङ शिल्डमा स्प्रिन्ट विधाको १०० र २०० मिटर दुवै इभेन्टमा स्वर्ण जितेका थिए। 

एक दिन नेपालकै फास्टेस्ट स्प्रिन्टर बन्ने उनको लक्ष्य रहेको छ। तर स्रोत साधनाको अभावमा उनलाई ठूलो कठिनाइको सामना गर्नु परिरहेको छ। मध्यम बर्गिय परिवारका आदेश भन्छन्, 'अहिलेसम्म म सँग कुनै प्रायोजक छैन, खेल सामग्री र पर्याप्त पौष्टिक आहार खान सक्ने अवस्था पनि छैन । भने जस्तो साधन स्रोत र सुविधा पाए अझ राम्रो प्रशिक्षण गरेर प्रदर्शन सुधार्न सकिन्छ ।'

राम्रो सुविधा पाएमा नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय मेडल ल्याउन सक्ने उनकाे भनाइ छ । यस्ता उदीयमान खेलाडी आदेशको कटहरिया नगरपालिकाले प्रोतसाहनका लागि सम्मान सहित प्रयोजक भई सहयोग गर्नुपर्ने  स्थानीयहरुको भनाई रहेको छ। आदेशको सफलताबाट सम्पुर्ण कटहरिया नगरवासीसँगै सिङ्गो रौतहटवासी नेपाली जनता गौरवान्वित हुनेछ कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले आफ्नो विचार राखेका छन्।

आदेश संयुक्त अरब इमिरेट्स (युएई) मा अप्रिल २४ देखि हुने एसियन यू-२० एथ्लेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गएका छन्। त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिँदैछन् । ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवै इभेन्टमा राम्रो गर्ने र जुनियरमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ’, उनले बताएका छन।

१४ औं राष्ट्रपति रनिङ शिल्डमा दौडन काठमाडौं आउनुअघि आदेशले भरतपुरमा भएको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा पनि दुवै विधामा स्वर्ण जित्दै एथ्लेटिक्सतर्फ उत्कृष्ट खेलाडी बनेका थिए ।

कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव वीरगञ्जमा बसेर पढाईका साथै एथ्लेटिक्सको प्रशिक्षण पनि लिइरहेका छन्। बिरगंजमा उनी श्री नारायणसँग प्रशिक्षण लिइरहेका छन् । आदेशले खेललाई आफ्नो करिअर भन्दा पनि रुचीका रुपमा मात्र हेरेका छन् । खेल संगै  भविष्यमा प्रहरी इन्सपेक्टर बन्ने सपना रहेको आदेशले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट