2026-07-25 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होलीको दिन ढोलाहिटीमा २ युवाको ज्यान लिएका विजयले यसरी लगाए घटनाको बेलिबिस्तार

बैशाख १३, काठमाडौँ । फागु पूर्णिमाको दिन चैत ११ गते राती ललितपुरको ढोलाहिटीमा २ युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा मुख्य अभियुक्त विजय राईले आफूले बोकेको चक्कुले घटना भएको स्वीकार गरेका छन्।

प्रहरी अनुसन्धानमा उनले आफूले बोकेको चक्कुले सुरुमा अन्जानवस पूजन राईलाई लागेको र त्यसपछि रिसमा रेवस राईलाई प्रहार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले विजयसहित ५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। उनीहरुविरुद्ध जन्मकैद सजाय माग गरिएको छ।

ढोलाहिटीस्थित डी पपिना क्याफेमा भएको ग्याङ फाइटमा मुख्य अभियुक्त रहेका विजय सोही क्याफेका सञ्चालक हुन्।

यस्तो छ उनले अनुसन्धान अधिकारी समक्ष गरेको बयान।

चैत ११ गते होली पर्वका दिन अन्दाजी राती ८ बजेको समयमा ढोलाहिटी राजकुलोस्थित डि पपिना होटलमा पूजन राई, सुलभ राई, विशाल हाङ मुकारूङ राई, प्रदीप राई, राजु गुरूङ र म समेतले ६र७ बोतल गोर्खा स्ट्रोङ बियर खाई रमाइलो गरिरहेका थियौँ भने साथी जीवन भन्ने सुशील राईले बियर नखाई हामीहरूको गफ सुनेर बसीरहेको थियो।

सोही समयमा बाहिरबाटै मादक पदार्थ सेवन गरी छेन्वीहाङ्ग राई सहित उनकै साथीहरू विराट राई, नाम्नुहाङ राई र अनन्त राई होटलमा आई साहिल श्रेष्ठ खोइ भन्दै खोजी गरी साहिल श्रेष्ठलाई नदेखेपछि रक्सी दिनु भनी मगाएका थिए ।

निजहरूले बाहिरै रक्सी खाई मातेर आएको थाहा पाई रक्सी छैन भनेपछि निजहरू मध्येको छेन्वीहाङ्ग राईले रक्सीको नसाको सुरमा विगतमा साहिल श्रेष्ठसँग मनमुटाब भएको विषयलाई लिएर विशाल हाङ सुकारूङ राईसँग ठूलो ठूलो स्वरमा कुरा गरी हातपात समेत गर्न थाले पछि झैझगडा हुने देखेर म र जीवन भन्ने सुशील राईले निजहरू दुवै जनालाई सम्झाई बुझाई गरी होटलबाट बाहिर निकालेका थियौँ।

केही परसम्म पुर्याएर हामीहरू पुनः होटलमा फर्किई विशाल हाङ मुकारू राई, सुलभ राई, जीवन भन्ने सुशील राई, प्रदीप राई, पूजन राई, राजु गुरूङ र म होटल भित्रै बसी सटर बन्द गरी दिन भर पसलमा भएको व्यापारको हिसाब किताब गरी बसेका थियौँ ।

होटलमा काम गर्ने स्टाफ सोनु राई चाहिँ सटर बन्द गरे पछि आफ्नो घर तर्फ गएकी थिइन । त्यसको केही छिन पछि अन्दाजी पौने १० बजेको समयमा बाहिरबाट ठूलठूलो स्वरमा कराउँदै होटलको ताल्चा नलाएको बन्द सटर खोली रेवस राई, छेवी राई, विराट राई, नाम्नु हाङ राई र अनन्त राई भित्र प्रवेश गरी निजहरू मध्येको रेवस राईले ‘मेरो भाइहरूलाई हेपेर होच्याएर कुरा गर्ने को हो ?‘ भन्दै कराउन थाले पछि रेवस राईलाई विशाल हाङ मुकारूङ राईले सम्झाई बुझाई गर्दा रेवस राईले निज विशाल हाङ राईमाथि हातपात गर्न थाल्यो ।

त्यसपछि सुलभ र मैले सम्झाई बुझाई गर्दा हामीमाथि नै हातपात गरेपछि मलाई एकदमै रिस उठेकोले होटलको भान्सा कोठा भित्र छिरी होटलको किचन टेबुल माथि रहेको स्टिल नाईफ (तरकारी काट्न प्रयोग गर्ने चक्कु) दाहिने हातले समाई बोकेर रेवस राईलाई हान्न भनी बाहिर निस्कँदै गर्दा उक्त होटलको ढोका नजिकै बसिरहेको साथी पूजन राई समेतले मलाई रोक्ने प्रयास गरेको थियो ।

त्यस पछि सुलभ राई र विशाल हाङ मुकारूङ राई समेतले रोक्न खोजे पछि उक्त समयमा मलाई रोक्न खोज्ने साथीहरूलाई मैले धकेल्दै हुत्त्याउँदै अगाडी बढ्न खोज्दा मैले साथमा बोकेको चक्कुले पूजन राईको बायाँ तिघ्रामा गहिरो चोट लाग्न पुगी निज सोही ठाउँमा ढले पछि निजलाई सुलभ राई समेतका साथीहरूले होटलको काउन्टरमा रहेको कुर्सीमा लगिराखेको थियो ।

त्यसपछि झन् मलाई रिस उठेकोले साथी राजु गुरूङ र म समेत होटल बाहिर निस्कँदा रेवस राई समेतको व्यक्तिहरू होटल अगाडी सडक बाटोमै हल्ला खल्ला गरिरहेका थिए । मलाई देखे बित्तिकै रेवस राई लगायत निजका साथीहरू म माथि हातपात गर्न जाई लागे पछि मैले हातमा समाई बोकेर ल्याएको चक्कुले निजहरू मध्येको रेवस राईको शरीरमा अन्धाधुन्ध प्रहार गरेको हुँ।

निजलाई चक्कु लागे पछि घाइते भई सोही बाटोमा ढल्न पुगेको थियो । उक्त समयमा होटल भित्र रहेका घाइते पूजन राई भन्दा बाहेक सबै जना साथीहरू बाहिर निस्किसकेका थिए ।

त्यसपछि मलाई एक दमै डर लागेकोले मैले प्रहार गरेको चक्कु सोही ठाउँमा फ्याँकी साथी राजु गुरुङलाई मैले मेरो बुलेट मोटरसाइकलको चाबी दिएर निजलाई मोटरसाइकल चलाउन लगाई म पछाडि बसी उक्त स्थानबाट भागेका थियौँ ।

हामीहरू सिधै ललितपुरको ग्वार्को पुगेर केहीबेर सोही ठाउँमा बसी पुनः साम्पाङ चोक स्थितमा आई मेरो मामा नाता पर्ने नवीन राईको कोठामा आई साथी राजु गुरूङ र म सुतेका थियौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक