2026-08-22 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालमा ‘अगतिलो स्वागत’ गरिएकोबारे के भन्छन् वेस्ट इन्डिजका कप्तान र प्रशिक्षक?

बैशाख १४, काठमाडौं । पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज टीमलाई ‘अगतिलो स्वागत’ गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को  सामाजिक सञ्जालमा धेरै आलोचना भयो ।

क्यानले खेलाडीलाई विमानस्थलबाट होटलमा पुर्याउनका लागि एउटा पर्यटक बस पठाएको थियो भने लगेजहरु हाल्न बलेरो भ्यान पठाइएको थियो ।  ‘कुखरा बोक्ने गाडी’ विदेशी खेलाडीको लगेज ओसार्न पठाइएको टिप्पणी सामाजिक सञ्जालमा भएको थियो । साथै पहिलोपटक उपल्लो स्तरको विदेशी टीम नेपाल आउँदा क्यानका उच्च पदस्थहरु विमानस्थलमा स्वागत गर्न नगएकोमा पनि क्रिकेट समर्थक खिन्न देखिएका थिए । कतिपयले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठमाथि समेत प्रश्न उठाएका थिए ।

यस विषयमा अहिलेसम्म वेस्ट इन्डिज टीमबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर, वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले नेपालमा राम्रो आतिथ्यता पाइरहेको बताए ।

उनले भने, ‘हामीलाई न्यानो स्वागत गरियो । हामीले अहिलेसम्म राम्रो आथित्य पाइरहेका छौं । मानिसहरु धेरै मित्रवत छन् । यहाँ आउन पाउँदा निकै खुसी छौं,’ उनले भने ।

वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोइड रिफरले भने बाहिर भइरहेका चर्चा तथा टीकाटिप्पणीप्रति अनभिज्ञता प्रकट गरे ।

‘इमान्दारितापूर्वक भन्नुपर्दा हामीले अहिले इन्टरनेट चलाइरहेका छैनौं । हामी यहाँ क्रिकेट खेल्न आएका हौं, र हाम्रो फोकस खेलमा नै छ । सामाजिक सञ्जालमा के भइरहेको छ भन्नेमा हाम्रो फोकस छैन । हामी आफ्नो जोनमा छौं,’ उनले भने ।

वेस्ट इन्डिज टीम सोल्टी होटलमा राखिएको छ । उनीहरुले टियु क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् । नेपाल र वेस्ट इन्डिजबीच भोलिबाट टी-२० श्रृंखला सुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह